कर्णालीमा जीप खस्दा उपाध्यक्षसहित १६ जना बेपत्ता

३ असार २०७६, मंगलवार १६:४६
 

सदरलाइनडटकम,
हुम्ला : कर्णाली नदीमा जीप दुर्घटना हुँदा १६ जना बेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चुकुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप गाढीवेणु बिसौना र कैलेबालुबीचको खण्डबाट नदीमा खसेको हो ।
जीप खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शिन्दु हमाल शाहीसहित १६ जना बेपता भएको याक्चु प्रहरीलाई उद्धृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । खार्पुनाथ गाउँपालिका ५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट मंगलवार दिउँसो जीप दुर्घटनामा परेको हो ।
जीपमा कति यात्रु सवार थिए भन्ने यकिन भइनसकेको साहयक प्रमुख जिल्ला अधिकारी पोखरेले जानकारी दिए । अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा उद्धार कार्य भइरहेको छ । तर जीप नदिमा खसेको केही समयपछि कर्णाली नदीले पुरै छोपेकोले कुन ठाउँमा छ भन्ने थाहा नभएको उद्धारकर्ताहरुले बताएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Next Post

‘एकद्वार प्रणालीमार्फत बालविवाह अन्त्य गर्नुपर्ने’

३ असार २०७६, मंगलवार १६:४६
सदरलाइनडटकम, नेपालगञ्ज : बालबिवाह अन्त्यका लागि एकद्वार प्रणालीमार्फत अघि बढ्नुपर्ने जनप्रतिनिधिहरुले बताएका छन् । सबै जनप्रतिनिधिहरुको बुझाई एक नहुँदा र बाल विवाह अन्त्यका लागि एकद्धार प्रणालीमार्फत अघि बढ्नुपर्ने मंगलवार नेपालगञ्जमा आयोजित एक कार्यक्रममा बताएका हुन् । उनीहरुले बाल विवाह अन्त्यका लागि सरकारले नीति नियम बनाएपनि मान्छे पिच्छेको बुझाईले गर्दा प्रभावकारी […]

ताजा अपडेट