कोहलपुरमा एकै रात दुई सहकारीमा चोरी

सदरलाइन संवाददाता २१ कार्तिक २०८०, मंगलवार १४:४७
 

कोहलपुर (बाँके) : कोहलपुर वडा नं. २ मा रहेको रझेना साना किसान सहकारी संस्था लि. र बसन्त बचत ऋण सहकारी संस्था लि.मा चोरी भएको हो । सोमवार राती चोरी भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

दुबै सहकारीमा एकै समूहले चोरी गरेको हुनसक्ने प्रहरीले आशशंका गरेको छ । रझेना साना किसान सहकारीबाट १ लाख ५० हजार र सिसि टिभी फोरिएको छ भने कम्प्यूटरको हार्डडिक्स पनि चोरी भएको छ ।


यस्तै बसन्त बचत ऋण सहकारीबाट ३ लाख ५० हजार चोरी भएको र अन्य रकम पनि चोरी भएको प्रारम्भिक अनुसन्धानमा आएको प्रहरीले जनाएको छ । चाडबाडका समयमा सुरक्षा चुनौती बढी हुने भएपनि कोहलपुर प्रहरीको सक्रियता सन्तोषजनक नरहेको सम्बद्धहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भुकम्प प्रभावित क्षेत्रमा नरैनापुरले पठायो सहयोग सामग्री

२१ कार्तिक २०८०, मंगलवार १४:४७
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई २ लाख २५ हजार बराबरको सहायता सामग्री पठाएको छ । कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले प्रभावित क्षेत्रहरुमा बाँकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल मार्फत सहायता सामग्री पठाएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी […]