उपचारका क्रममा मृत्यु भएका यादवका आफन्तद्वारा नेपालगन्जमा प्रदर्शन

२४ भाद्र २०७५, आईतवार १६:१६
 

सदरलाइनडटकम,
नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा बेहोस भई उपचारका क्रममा मृत्यु भएका राममनोहर यादवका आफन्तले दोषीलाई कारवाहीको माग गर्दै नेपालगन्जमा प्रदर्शन गरेका छन् । हिरासतमा रहेका यादवलाई कुटपिट गरि घाइते बनाएकोले उनको उपचारका क्रममा मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।
मृतक यादवका आफन्तले त्रिवेणीमोडबाट प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय बाँके पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । यादव घटनाबारे छानविन गर्न माग गर्दै आफन्तले क्षतिपूर्तिको दाबीसमेत गरेका छन् ।
संघीय समाजबादी फोरमका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव प्रमुख अतिथि रहेको कार्यक्रममा कालो झण्डा देखाएको आरोपमा पक्राउ गरि राज्य विप्लवको मुद्दा लगाउनु न्याय संगत नभएको यादवका भाई विष्णु यादव र रामकुमार यादवले संयुक्तरुपमा बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
मृतक यादवलाई पक्राउ गर्नुपर्ने, हिरासतमा राख्नु पर्ने र मुद्दा चलाउनु पर्ने कारणको माग गर्दै आफन्तले हिरासतमा रहेका यादवको मृत्यु भएको घटनाको सत्य, तथ्य छानविन गर्न माग समेत गरेका छन् । मृतक यादवका श्रीमति, नाबालिग दुई छोरा, एक छोरी छन् ।

Next Post

चितुवाको छालासहित दैलेखमा एक पक्राउ

२४ भाद्र २०७५, आईतवार १६:१६
सदरलाइनडटकम, दैलेख : चितुवाको छालासहित पक्राउ परेका एकजनालाई आईतवार दैलेख प्रहरीले सार्वजनिक गरेको छ । अछामको तुर्माखात गाउँपालिका–६ धमालिका १८ वर्षीय नवीन धमलालाई चितुवाको छालासहित आठबिस नगरपालिका–२ राकम कर्णालीबाट प्रहरीले शनिवार पक्राउ गरेको थियो । पक्राउ परेका धमलालाई अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख ठाकुरप्रसाद पोखरेलले […]

सम्बन्धित