लागुऔषधसहित भारतमा नेपाली पक्राउ

सदरलाइन संवाददाता २६ माघ २०८०, शुक्रबार १७:४९
 

बर्दिया : बर्दिया गुलरिया नगरपालिकास्थित भारतीय सिमाना लौकाही हुँदै भादापुरुवा जाने क्रममा एसएसबीले एक नेपालीबाट लागूऔषधसहित पक्राउ गरेको छ ।

एसएसबीले शंका लागि जाँच गर्दा १२ ग्राम लागूऔषध जस्तो देखिने ब्राउन सुगर फेला पारेको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन केसीले पक्राउ पर्नेमा मधुवन नपा–५ का करिब २९ वर्षीय रेशम चौधरी भएको बताए । एसएसबीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको छ ।


एसएसबीले पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीका लागि भारत उत्तरप्रदेश राज्य बहराइच जिल्लाको मोतीपुर थाना पठाएको एसएसबीलाई उधृत गर्दै उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाटो नहुँदा भारतबाट आउजाउ गर्नुपर्ने बाध्यता

२६ माघ २०८०, शुक्रबार १७:४९
बर्दिया : बर्दिया गुलरिया नगरपालिका–८ बागेश्वरी टोलकी भिमा पुनले बारीमा उत्पादन गरेको तरकारी बेच्न भारतीय बाटो हुँदै गुलरिया आउँदा टेम्पो सहित भारतीय प्रहरीले नियन्त्रणमा लियो । दुई साता अघि उनले ५ हजार भारु भारतीय प्रहरीले नाजायज रकम असुल्दै छाड्यो । उनीसँग ५ हजारको तरकारी पनि थिएन । भारतीय बाटो भएर […]