नेपालगञ्जकी नेलिसा बनिन स्याक नेपाल बाँकेको अध्यक्ष

सदरलाइन संवाददाता ३० आश्विन २०७९, आईतवार १८:४४
 

नेपालगञ्ज : नेपालगञ्जकी नेलिशा गिरीले सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको एक दिने नेतृत्व सम्हालेकी छन् । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा ‘अब हाम्रो पालो हाम्रो अधिकार हाम्रो भविष्य’ भन्ने मुल नाराका साथ उनी सो नेतृत्वमा पुगेकी हुन ।

कार्यक्रममा निर्वतमान अध्यक्ष शिवलाल पाण्डेले स्याक नेपाल बाँकेले बालिकाहरुको नेतृत्व बिकास तथा सहभागिताका लागि पद हस्तान्तण गरिएको र यस अबसरमा नेतृत्व दिन पाउनु स्याक नेपाल बाँकेको अबसरको रुपमा लिइको बताए । सस्थाले बालबालिका, महिला, किशोरी, युवा, तथा शिक्षाको सवालमा बिगत लामो समयदेखि बिपन्न समुदायमा काम गरिरहेको र यसलाई निरन्तरता दिने कार्य स्याक नेपाल बाँकले प्रयास गरिरहेको कुरामा जोड दिए ।

पद हस्तान्तरण कार्यक्रममा स्याक नेपाल बाँके र बिभिन्न साझेदार सस्थाहरुको साझेदारीमा संचालित सिकाइ परियोजना प्रमुख एवम टिमलिडर लक्ष्मीप्रसाद शर्मा र सिनियर कार्यक्रम अधिकृत शेषकान्त शर्माले संचालित परियोजनाको बारेमा जानकारी दिए ।


अध्यक्ष गिरीले आफुले स्याक नेपाल बाँकेको अध्यक्ष जस्तो गरिमामय पदमा आसन ग्रहन गर्न पाउनु मेरो ब्यक्तिगत अबसरको रुपमा लिएको बताउदै सस्थाले संचालन गरेका बालबिबाह रोकथाम, महिला हिंसा बिरुद्दको अभियान, गुणस्तिरिय शिक्षाका लागि गरिएका प्रयासहरु निरन्तरता हुनेमा बिश्वस्त रहेको बताउदै आगामी दिनमा मेरो साथ सहयोग रहने बताईन ।

यसैबीच किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् । किशोरीहरुले ९ बुँदे ज्ञापनपत्रमा शक्तिमा साझेदारी इक्वेल पावर भन्ने ध्येयका साथ किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजनीतिक अधिकार र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध समेत गरेका छन् ।

कार्यक्रममा सहभागीहरुलाई कार्यक्रमको उदेश्य तथा स्वागत मन्तब्य सस्थाका टिमलिडर तथा परियोजना प्रमुख शर्माले गरेको कार्यक्रममा सस्थाका कार्यसमितिका पदाधिकारी, परियोजनाका कर्मचारिहरु, किशोरी क्लब पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेसका उम्मेदवारद्वारा भेटघाट तीब्र

३० आश्विन २०७९, आईतवार १८:४४
नेपालगञ्ज : नेपाली कांग्रेसका उम्मेदवारहरुले भेटघाटलाई तीब्रता दिएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार सुदिप नरसिंह राणा तथा प्रदेशसभा क्षेत्र नम्बर २(१) का उम्मेदवार राजकुमार बर्मा र २(२) का उम्मेदवार सुरेन्द्रबहादु हमालले सोमवार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ का नेता कार्यकर्ताहरुसंग भेट गरेका हुन् । वडा नम्बर १४ […]