नेपालगञ्ज भोलेन्टियर नर्सिङ्ग गुरुपले कोबिड–१९ बिरुद्ध जनचेतना फैलाउदै

३१ बैशाख २०७७, बुधबार १२:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  विश्व नर्सिङ्ग दिवसको सन्दर्भ नेपालगन्ज नर्सिङ्ग भोलेन्टियरर्स गुरुपले नेपालगञ्ज उपमहानगरद्वारा सञ्चालनमा ल्याएको क्वारेन्टाइनमा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, तथा अन्य कर्मचारीको लागि स्वास्थ्य समाग्री हस्तान्त्रण गरेका छन् ।

कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगाउनको लागि अग्रपंङ्गतीमा कार्यरत नर्सिङ्ग स्टाफहरु आफ्नो डियूटी पुरा गरेपछि समाजमा संक्रमण नफैलियोस भन्ने अभिप्रायले सचेतना अभिायन सञ्चालन गर्दै आएका छन् ।

नेपालगञ्ज नर्सिङ्ग भोलेन्टियरर्स गु्रपले विभिन्न वडा तहमा पुगेर स्थानीयलाई कोबिड–१९ को संक्रमणबाट जोगिने उपायको बारेमा सचेतना फैलाउने कार्यमा समेत सहभागि भएको ग्रुपका सदस्य सर्मिला थापाले जानकारी दिईन ।


कोबिड–१९ बिरुद्धको अभियानमा फ्रन्टलाईनमा सक्रिय भएर कार्यरत नर्सिङ्ग स्टाफहरुले आफु पनि सुरक्षित रहदै आफ्नो डियूटी गर्दै खाली भएको समयमा नेपालगञ्ज उपमाहनगरका विभिन्न वडामा पुगेर काउन्सिलिङ्ग गर्ने गरेको गु्रपका सदस्य अर्पणा शाक्यले बताईन ।

लकडाउनको कारण कुनै औपचारिक कार्यक्रम आयोजना नभए पनि सामाजिक दुरी  कायम  गर्दै आफुहरुले बिभिन्न रचनात्मक कार्य गरी विश्व नर्सिङ्ग दिवस मनाईएको छ ।

Next Post

बाँके र कपिलबस्तुका एकएक जनामा कोरोनाको पुष्टि

३१ बैशाख २०७७, बुधबार १२:४६
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा फेरि एक जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिउँसो जारी गरेको प्रेस नोटमा नेपालगञ्जका थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार नेपालगञ्ज वडा नं. ८ का ३३ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको […]