कोहलपुर प्रहरीद्वारा चोरीका सामग्रीहरु बरामद

सदरलाइन संवाददाता १४ चैत्र २०७७, शनिबार १४:२०
 

नेपालगञ्ज : ईलाका प्रहरी कार्यालय कोहलपुरले विभिन्न समयमा चोरी भएका सामग्री बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले चोरी नियन्त्रण अभियान अनुरुप सञ्चालित स्विप अप्रेशन अन्तर्गत कोहलपुरका विभिन्न वडाहरुबाट चोरी भएका सामग्री बरामद गरेको हो ।


बरामद गरिएका सामग्रीलाई ईलाका प्रहरी कार्यालयमा राखिएको हुँदा सम्बन्धित मालसमान धनीले आफ्नो प्रमाणसहित हकदावी गर्नसक्ने प्रहरीले जानकारी दिएको छ । आफ्नो हराएको मालसामन प्राप्त गर्नका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ ।

Next Post

डुडुवाबाट सालको अवैध काठ बरामद

१४ चैत्र २०७७, शनिबार १४:२०
नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिकाबाट ठुलो परिमाणमा सालको अवैध काठ बरामद भएको छ । ईलाका प्रहरी कार्यालय हिर्मिनीया र सशस्त्र प्रहरीको कालाबन्जर बिओपीको संयुक्त टोलीले डुडुवा ६ बेहननपुर्वामा खेतमा परालले छोपेर राखिएको अवस्थामा ११६ क्यु फिट सालको अवैध काठ बरामद गरेको हो । अवैधरुपमा चोरी तस्करीका लागि तयारी अवस्थामा राखिएका […]