अछाममा सेनाको गाडी दुर्घटना, ५ जना घाइते

सदरलाइन संवाददाता ७ बैशाख २०७९, बुधबार १५:५९
 

नेपालगञ्ज : अछाममा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ । बुधबार जिल्लाको साँफेबगर नगरपालिका वडा नं ८ चण्डिकाको जमालगाउँमा सेनाको गाडी दुर्घटना भएको हो ।

डोटीबाट कालिकोटतर्फ गइरहेको ३० जना बढी सेना बोकेको गाडी (भ्यान) दुर्घटना हुँदा ५ जना घाइते भएको बताइएको छ । उक्त गाडी (भ्यान) आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षार्थ डोटीबाट कालिकोट जान लागेको थियो ।


घाइतेहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि आर्मीलाई

७ बैशाख २०७९, बुधबार १५:५९
नेपालगञ्ज : मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधवार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो । देशकै सर्वाधिक धनराशिको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी […]