स्थानीय क्लबका पदाधिकारीहरुलाई अभिमुखीकरण

सदरलाइन संवाददाता १४ पुष २०७८, बुधबार १५:४७
 

नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिकामा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारासहित स्थानीय क्लबहरुका पदाधिकारीहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । बैजनाथ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा क्लबका पदाधिकारीहरुलाई एक दिने अभिमुखिकरण गरिएको हो ।

बैजनाथ गाउँपालिका क्षेत्रमा कुल १२ वटा संस्थागतरुपमा क्लबहरु दर्ता भएका छन् । कार्यक्रममा प्रमुख अतिथी बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले स्थानीयस्तरमा खेलकुदको विकासमा स्थानीय खेलकुद समितिको महत्वपूर्ण जिम्मेवारी रहेको बताए ।

स्थानीय खेलकुद विकास समितिमार्फत संस्थागतरुपमा विधा अनुरुपका विषयगत संघ निमार्ण गरिने बताउँदै उनले स्थानीयस्तरमै अब रेफ्री लगायत जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । रुचालले स्थानीयस्तरमा विधि अनुसार दर्ता भएका क्लबहरुका निम्ति स्थानीय सरकारले खेलकुद विकास समितिमार्फत आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाए ।


उनले स्थानीय क्लबहरु खेलकुद प्रतियोगिता मात्र सिमित नभएर अब समाज रुपान्तरण र सामाजिक रुपमा रचनात्मक क्रियाकलाप सञ्चालन गर्नुपर्ने धारणा राखे ।

बैजनाथ गाउँपालिका लागुऔषधको मुख्य गन्तव्य बन्दै गइरहेको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष रुचालले क्लबहरुको क्रियाशिल अब लागुऔषध नियन्त्रणका लागि समेत स्थानीय खेलकुद विकास समितिसँगको समन्वय मार्फत कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक देखिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिसोमा जिवन रक्षाको माग गर्दै प्रशासनको ध्यानाकषर्ण

१४ पुष २०७८, बुधबार १५:४७
नेपालगञ्ज : चिसो तथा शितलहर शुरु भएपछि त्यसबाट बच्नका लागि पुर्व तयारीबारे बाँके र बर्दियाका प्रशासनको ध्यानाकषर्ण गराइएको छ । बाँकेका नागरिक समाजका अगुवाहरुको एक समुहले बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारलाई चिसोको व्यवस्थापन तथा पुर्व तयारीका बारेमा ध्यानाकषर्ण गराएको हो । अहिले बाँकेमा चिसो बढेपछि शितलहर र कुहिरोका कारण जेष्ठ […]