ठूलो परिमाणको ब्राउन सुगरसहित बाँकेमा एक पक्राउ

सदरलाइन संवाददाता ९ कार्तिक २०७८, मंगलवार १६:११
 

नेपालगञ्ज : बाँके प्रहरीले ठूलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहा नाकामा चेकजाँचका क्रममा १५ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगरसहित महादेवस्थान ३ काभ्रेका ३४ वर्षीय मानबहादुर रोका पक्राउ परेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।


रोकालाई इप्रका जमुनाहाका इन्चार्ज मीनबहादुर विष्ट र लागु औषध व्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो । आलुको झोलाभित्र लुकाइ नेपाल ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका रोकामाथि थप अनुसन्धान भइरहेको पनि बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको पहिलो त्रैमासिक समिक्षा सम्पन्न

९ कार्तिक २०७८, मंगलवार १६:११
नेपालगञ्ज  : खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले आफ्नो पहिलो त्रैमासिक समिक्षा कार्यक्रम गरेको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले मंगलबार आर्थिक वर्ष २०७८–०७९ को पहिलो त्रैमासिक समिक्षा कार्यक्रम गरेको हो । सो समिक्षा बार्यक्रममा कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै खाद्य निरिक्षक बिबेक सुवेदीले चालु आर्थिक […]