डुडुवाको १५औँ गाउँसभा सम्पन्न

सदरलाइन संवाददाता २६ माघ २०८०, शुक्रबार १३:२७
 

डुडुवा (बाँके) : डुडुवा गाउँपालिकाको १५औँ गाउँसभा सम्पन्न भएको छ । विहीबार सम्पन्न गाउँसभाले चालु आर्थिक वर्ष २०८०÷०८१ को केही कार्यक्रम तथा योजनालाई संशोधन गरेको छ ।

सभामा गाउपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले संशोधित कार्यक्रम तथा योजनासहितको प्रस्ताव पेश गरेका थिए । प्रस्तुत प्रस्तावमाथी छलफल गर्दै सभाले सर्बसम्मत रुपमा पारित गरेको थियो ।

अध्यक्ष चौधरीले आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुस मसान्तसम्मको प्रगति विवरण प्रस्तुत गरे । सभामा बोल्दै अध्यक्ष चौधरीले पालिकाले विशेष रणनीति र कार्ययोजनाका साथ अघि बढिरहेको भन्दै स्वास्थ्य, शिक्षा, कृषि, पशुलगायतका क्षेत्रमा उल्लेख्य काम गरेको बताए । पालिकाले एउटा लक्ष्य र उद्देश्यअनुरुप नै कार्य गरिरहेको क्रममा विपक्षी दलहरुले बेलाबेलामा अवरोध श्रृजना गरेको अध्यक्ष चौधरीले बताए ।


सभामा १९ जना सदस्यहरुको सहभागिता रहेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बहुमतको आधारमा बैठकको कोरम पुगेर सभा बसेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सदस्य सचिव गिरबहादुर सेजुवालले बताए ।

सभामा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, वडाअध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँलगायत सदस्यहरुको सहभागिता रहेको थियो । माघ ४ गते डाकिएको गाउँसभामा कोरम नपुगेर स्थागित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पर्यटन विकासका लागि ‘टुर दि ठाकुरद्वारा’

२६ माघ २०८०, शुक्रबार १३:२७
नेपालगञ्ज : बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म ‘टुर दि ठाकुरद्वारा’ साइकल यात्रा गरिएको छ । नेपालगञ्ज साइक्लिङ क्लवको आयोजनामा नेपालगञ्जको बागेश्वरी मन्दिरबाट शुक्रबार विहान आठ बजे साइकल यात्रा शुरु गरिएको हो । विश्व साइकलयात्री पुष्कर शाह, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपालगञ्ज […]