पर्यटन विकासका लागि ‘टुर दि ठाकुरद्वारा’

सदरलाइन संवाददाता २६ माघ २०८०, शुक्रबार १३:३७
 

नेपालगञ्ज : बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म ‘टुर दि ठाकुरद्वारा’ साइकल यात्रा गरिएको छ ।

नेपालगञ्ज साइक्लिङ क्लवको आयोजनामा नेपालगञ्जको बागेश्वरी मन्दिरबाट शुक्रबार विहान आठ बजे साइकल यात्रा शुरु गरिएको हो ।

विश्व साइकलयात्री पुष्कर शाह, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीलगायतको उपस्थितिमा नेपालगञ्जका मेयर प्रशान्त विष्टले ‘टुर दि ठाकुरद्वारा’को उदघाटन गरे ।


६ वर्षदेखि ‘टुर दि ठाकुरद्वारा’ साइकलयात्रा हुँदै आएको छ । नेपालगञ्जदेखि ठाकुरद्वारासम्मको एक सय तीन किलोमिटरभित्र पर्ने धार्मिक तथा पर्यटकीयस्थलमा पुगेर साइकलयात्रीले प्रचार प्रसार गर्ने गर्दछन् ।

साइकलयात्रामा भारतका १५ जनासहित धरानदेखि महेन्द्रनगरसम्मका २ सय २५ जना सहभागी रहेको क्लवका निवर्तमान अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।

बाँके र बर्दियाका धार्मिक र पर्यटकीय स्थलको प्रचार प्रसार गर्न थालिएको ‘टुर दि ठाकुरद्वारा’को २७ लाख खर्च रहेको क्लवका अध्यक्ष प्रदीप सापकोटाले बताए । साइकलयात्रा भोली सकिने छ । यात्रामा चिकित्सक, उद्योगी व्यापारी, राजनीतिज्ञको पनि सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरको भ्यू–टावर सर्वसाधारणका लागि खुला

२६ माघ २०८०, शुक्रबार १३:३७
नेपालगञ्ज : बाँकेको कोहलपुरमा निर्माण गरिएको भ्यू–टावर शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । कोहलपुरको गोलपार्कमा निर्माण गरिएको भ्यू–टावर परीक्षणकालका लागि नगरपालिका आफैँले सञ्चालन गर्नेगरी सर्वसाधारणका लागि खुला गरिएको हो । पाँच करोड ३५ लाख रुपैयाँमा निर्माण गरिएको भ्यू–टावर सञ्चालनका लागि पटक–पटक बोलपत्र आब्हान भए पनि निवेदन नपरेपछि नगरपालिका आफैले […]