नेपालगञ्ज–१८ का वडा अध्यक्ष बर्माले आफ्नो खर्चमा सुरु गरे कोरोना संक्रमितका लागि निशुल्क एम्बुलेन्स सेवा

सदरलाइन संवाददाता ३१ बैशाख २०७८, शुक्रबार १६:२३
 


नेपालगञ्ज : बढ्दो कोरोना संक्रमणका कारण अस्पताल जान आउन सहज बनाउने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दिपक बर्माले अक्सिजन सहितको निशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् ।

उनले आफ्नो व्यक्तिगत खर्चमा सञ्चालन गरिएकोे सो एम्बुलेन्स अक्सिजन सुबिधा सहितको रहेको र वडा नं. १८ को लागि मात्र नभएर नेपालगञ्ज उपमहानगर भित्रका सबै संक्रमितले आवश्यकता परेमा प्रयोगमा ल्याउन सक्ने बताए ।

उनले भने–‘ वडाले कोभिड संक्रमितको अवस्था बुझ्नको लागि सञ्चालन गरेको होम आइशोलेशन भिजिटका अवसरमा धेरैले भनेको बेलामा एम्बुलेन्स नपाएको गुनासो आएपछि आफ्नो ब्यक्तिगत खर्चमा निशुल्क एम्बुलेन्स सञ्चालन गर्ने सोच आएको हो ।’

होम आईशोलेशनमा बसेका संक्रमितले अस्पताल जानुपर्दा कोभिड संक्रमित भएको थाहापाउने बित्तिकै एम्बुलेन्सले सेवा दिन हिचकिचाउने, फोन रिसिभ नगर्ने तथा सेवा दिन आनाकानी हुने गर्दा संक्रमित झनै जटिल पुग्ने गरेको गुनासो आएपछि जसरी पनि निशुल्क एम्बुलेन्स सञ्चालन गर्नुपर्छ भन्ने सोच आएर सुरु गरेको उनले बताए । सो एम्बुलेन्सले एक संक्रमितलाई अस्पताल पुराएर सेवाको शुभारम्भ गरिएको वडा अध्यक्ष बर्माले जानकारी दिए ।


नेपालगञ्जमा कोभिड संक्रमण अप्रत्याशित बृद्धि भएपछि घरमा रहेका संक्रमितको स्वास्थ्य अवस्था जटिल हुँदा अस्पताल जानको लागि समस्या नपरोस भनेर आवश्यक परेको बेलामा सेवा दिने गरी एम्बुलेन्स तयारी अवस्थामा राखिएको वडा सदस्य दिग्विजय ढुंगानाले बताए ।

वडा अध्यक्ष बर्माले ब्यक्तिगत खर्चमा सञ्चालनमा ल्याएको एम्बुलेन्सको सेवा आवश्यक परेमा वडा अध्यक्ष बर्मालाई उनको मोबाइल नं ९८५८०२४१८७, वडा सदस्य ढुंगानालाई ९८४८०६५६९७ मा र एम्बुलेन्स चालकलाई ९८००५८६७४१ मा सम्पर्क गर्न सकिने छ ।

यो सेवा संगै वडाले चिकित्सकm आवश्यक औषधि सहतिको घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा होलस्टिक होम केयर सेन्टरको सहकार्यमा घरदैलोमा पुग्ने गरेको छ । होम आईशोलेशनमा बसेका कोभिड संक्रमितलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउदा जटिलता कम हुने र संक्रमितको समेत हौशला बढ्ने भएकोले सेवा सुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना नियन्त्रणका लागि चिकित्सकसँग छलफल

३१ बैशाख २०७८, शुक्रबार १६:२३
नेपालगञ्ज : कोभिड संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका सम्बन्धमा नेपालगञ्ज उप–महानगरपालिकाले चिकित्सकहरुसँग परामर्श गरेको छ । मेयर डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी, प्रबक्ता प्रमोद रिजाल, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले कोभिड रोकथाम र नियन्त्रणका लागि तत्काल गर्नुपर्ने तयारीका विषयमा यहाँका बरिष्ठ चिकित्सकहरुसँग परामर्श […]