बैजनाथमा मेसिनले धान काट्ने क्रममा हातनै काटियो

सदरलाइन संवाददाता २१ कार्तिक २०८०, मंगलवार १३:३८
 

नेपालगञ्ज : बैजनाथमा धान काटने मेसिनले एक पुरुषको हात काटिएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ बस्ने ४१ वर्षिय राम गोपाल थारुको हात काटिएको हो । मंगलवार बिहान करिब ३ बजे थारुले आफ्नै घरको धान काट्ने मेसिनमा धान हालने क्रममा दाहिने हात मेसीनमा परी कुम भन्दातल पूरा काटिएको थियो ।


बिहानै ४ः३० बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको लागि ल्याइएकोमा थप उपचारको लागि काठमाडौं लैजानुपर्ने बताइएको छ । हाल इमेर्जेन्सी वाडमा राखी उपचार भैरहेको छ । घाइते थारु सशस्त्र प्रहरी बल नेपालको भुपु प्रहरी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूकम्प पीडितलाई डा. पाण्डेले दिए एक महिनाको तलब

२१ कार्तिक २०८०, मंगलवार १३:३८
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ फिजिसियन डा. राजन पाण्डेले आफ्नो एक महिना बराबरको तलब भूकम्प पीडितलाई सहयोग गरेका छन् । डा. पाण्डेले एक महिनाको तलब बराबर ६६ हजार रुपैयाँ सरकारी संयन्त्र मार्फत भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेका हुन् । ‘निसासिएको अवस्थामा अक्सिजन, तिर्खाएको मानिसलाई पानी, भोकाएको अवस्थामा दुई […]