गणतन्त्र दिवसमा भारतद्वारा तीस एम्बुलेन्स सहयोग

१२ माघ २०७६, आईतवार १६:२२
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतले आफ्नो ७१ औँ गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स प्रदान गरेको छ । नेपालमा रहेको भारतीय दूतावासले आफ्नो गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको हो ।
दूतावासले विभिन्न शैक्षिक संस्थाहरुलाई ६ वटा बससमेत सहयोग गरेको छ । नेपालमा रहेको भारतीय दूतावासमा भएको एक कार्यक्रमकाबीच वीर नारी, एकल महिला तथा मृतक सैनिकका परिवारलाई सम्मानसमेत गरेको छ । दूतावासका अनुसार १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना नातेदारलाई ५ करोड ९७ लाख नेपाली रुपैयाँ र कम्बल वितरण गरी सम्मान गरिएको हो ।



कार्यबाहक राजदूत डा. अजय कुमारले सात वटै प्रदेशमा रहेका ५१ वटा पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तकसमेत प्रदान गर्नुभयो । कार्यवाहक राजदूत अजय कुमारले गणतन्त्र दिवसका अवसरमा भारतीय राष्ट्रपतिले दिएको शुभकामना सन्देश पढेर सुनाएका थिए ।
भारतले नेपालको आर्थिक विकासको यात्रामा हातेमालो गर्ने प्रतिबद्धतासमेत गरेको छ । विभिन्न समय र सन्दर्भमा भारतले नेपालका नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल तथा गैर नाफामूलक संस्थाहरुलाई ७ सय ८२ एम्बुलेन्स र विभिन्न शैक्षिक संस्थाहरुलाई १ सय ५४ बस प्रदान गरेको छ ।
दिवसका अवसरमा इण्डिया हाउसमा भएको स्वागत समारोहमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनलगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागी थिए ।

Next Post

शोक प्रस्ताव पारित गर्दै प्रदेश ५ को बैठक स्थगित

१२ माघ २०७६, आईतवार १६:२२
सदरलाइनडटकम, बुटवल : प्रदेश नं. ५ को प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गर्दै आइतवार स्थगन भएको छ । प्रदेशसभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तिले शोक प्रस्ताव प्रस्तुत गर्दै अनुभवी राजनीतिज्ञ बलदेव शर्मा पोखरेलको निधनले प्रदेशलाई अपुरणीय क्षति भएको उल्लेख गरे । प्रदेशसभामा विपक्षी दल नेपाली काँग्रेसका नेता पोखरेलको यही माघ ६ […]