खानले लिए प्रधानमन्त्रीको शपथ, प्रधानमन्त्री ओलीले दिए बधाई

२ भाद्र २०७५, शनिबार १९:०६
 

सदरलाइनडटकम,
नेपालगन्ज : पूर्व क्रिकेटर इमरान खान पाकिस्तानका नयाँ प्रधानमन्त्री बनेका छन् । शनिवार पद तथा गोपनियताको शपथ लिएपछि खान पाकिस्तानको २२औं प्रधानमन्त्री बनेका हुन् ।
पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) दलबाट चुनाव लडेका उनलाई उम्मेदवारी दिने बेलानै पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बनाउने घोषणा गरेको थियो ।
सरकार बनाउनका लागि आवश्यक पर्ने १ सय ७२ मतमध्ये प्रतिनिधिसभामा शुक्रबार भएको निर्वाचनमा खानले १ सय ७६ मत प्राप्त गरेपछि उनी प्रधानमन्त्री बनेका हुन् । खानका प्रतिस्पर्धी तथा पाकिस्तान मुस्लिम लिगबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका शाहबाज शरिफले ९६ मत मात्र प्राप्त गरेका थिए ।
पाकिस्तानी समकक्षीलाई नेपालका प्रधानमन्त्री ओलीको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खानलाई शुभकामना दिएका छन् । नियाजी इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीमा नियुक्त भएकोमा खानलाई प्रधानमन्त्री ओलीले शुभकामना तथा बधाई दिएका हुन् ।
प्रधानमन्त्री ओलीले आफ्ना पाकिस्तानी समकक्षी खानलाई शनिवार पठाएको बधाई सन्देशमा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै नवनियुक्त प्रधानमन्त्रीको सफल कार्यकालका लागि शुभकामना दिए ।


एजेन्सीको सहयोगमा

Next Post

पत्रकार अधिकारीको उपचारको लागि प्रेस युनियनको सहयोग हस्तान्तरण

२ भाद्र २०७५, शनिबार १९:०६
सदरलाइनडटकम  नेपालगन्ज  : गत साउन ४ गते सडक दुर्घटनामा परेर घाइते भएका पत्रकार हरि अधिकारीको उपचारका लागि नेपाल प्रेस युनियन बाँकेले संकलन गरेको सहयोग रकम हस्तान्तरण गरेको छ । घाइते अधिकारीको सहयोगार्थ युनियन बाँकेले ‘संजिवनी’ अभियानमार्फत आफ्ना सदस्यहरुबाट संकलन गरेको नगद ३० हजार ५० रूपैयाँ हस्तान्तरण गरेको जनाएको छ । […]