लागूऔषधबारे सरोकारवालाहरुद्वारा चिन्ता व्यक्त

सदरलाइन संवाददाता १० जेष्ठ २०८०, बुधबार १३:३४
 

नेपालगञ्ज : समाजमा लागूऔषधको जालो डरलाग्दो किसिमले झाँगिरहेको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा साहारा हाउस नेपालगञ्जले बुधवार नेपालगञ्जमा आयोजना गरेको ’लागूऔषध रोकथाम तथा न्यूनीकरण सम्बन्धि सरोकारवालाहरुबीच कार्यशाला गोष्ठी’ का सहभागीहरुले खुला सीमाका कारण नेपालगञ्ज लागूऔषध कारोबार र सेवनको हब बनेको भन्दै चिन्ता व्यक्त गरे ।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम् न्यायाधीश केशवराज जोशीले कार्यशाला गोष्ठीले लागूऔषध रोकथाम तथा न्यूनीकरणका लागि महत्त्वपूर्ण टेवा दिने विश्वास ब्यक्त गरे । उनले जताजतै लागूऔषधको जालो फैलिएकाले यसको रोकथाम र नियन्त्रणका लागि सबै गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले १० देखि ७४ वर्षका व्यक्तिहरु लागूऔषध ओसारपसार र सेवनमा लागेको अवस्था चित्रण गर्दै समाजलाई यसको भूमरीबाट मुक्त बनाउन जरुरी रहेको बताए ।


साहारा हाउसका कार्यकारी निर्देशक अभिराज क्षेत्रीले लागूऔषधले थिलथिलो हुन थालेको समाजलाई यसबाट जोगाउन सबै सरोकारवाला र अभियन्ताहरु गम्भीर भएर लाग्नुपर्ने बताए । उनले घर, विद्यालय र सार्वजनिक ठाउँहरुबाटै यस विरुद्धको अभियानलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साढे पाँच अर्बको लागतमा १७ पक्की पुल निर्माण गरिँदै

१० जेष्ठ २०८०, बुधबार १३:३४
नेपालगञ्ज : लुम्बिनी प्रदेशमा पाँच अर्ब ५० करोड लागतमा १७ वटा पक्की पुल निर्माण भइरहेको छ । बहुवर्षीय आयोजनामध्ये तीनवटा सम्पन्न भएका छन् भने नौ वटा छिट्टै सम्पन्न हुने चरणमा रहेको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पुल महाशाखा पुल सेक्टर नेपालगञ्जले जनाएको छ । पुल सेक्टरअन्तर्गत निर्माण गरिने पुलहरू कम्तीमा एक सय […]