साहु समाजद्वारा शहरी विकास मन्त्री नमुनालाई सम्मान

सदरलाइन संवाददाता २५ माघ २०८०, बिहीबार २०:०८
 

नेपालगञ्ज :  लुम्बिनी प्रदेश शहरी विकास मन्त्री कृष्णा केसी नमुनाले बाँकेका विभिन्न धार्मिक आस्थाका मठ मन्दीरहरुलाई धार्मिक सर्किटको रुपमा विकास गर्न सके आर्थिक टेवापुग्नुको साथै समाजिक सांस्कृतिक महत्व बढ्ने बताएकी छन् ।

साहु समाज बाँकेले नेपालगञ्जमा आयोजना गरेको बधाई तथा स्वागत सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नमूनाले सो कुरा बताएकी हुन । सो अवसरमा साहु समाज बाँकेले मन्त्री नमुनालाई सम्मान समेत गरेको थियो ।

उनले बाँकेको गाईलेक, बाबा वर्फानी, भुवरभवानी, सन्तानेश्वर, गोबद्र्धन धाम हुँदै बागेश्वरी मन्दीर जोड्ने धार्मिक सर्किट निर्माण गर्न सके यसक्षेत्रमा धार्मिक पर्यटनको विकास हुने कुरामा जोड दिईन ।

उनले सो अवसरमा लुम्बिनी प्रदेश शहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा साहु समाज बाँकेले निर्माण गर्न लागेको राधाकृष्ण मन्दीर र धर्मशालाको निर्माण स्थलको अवलोकन गर्दै योजनाको निरन्तरताको लागि आफुले सहयोग गर्ने प्रतिबद्धता जनाईन ।


साहु समाजले लुम्बिनी प्रदेश सरकारको सहयोगमा राधाकृष्ण मन्दिरसंगै तीन तले धर्र्मशाला निर्माण गरि रहेको छ । सो अवसरमा प्रदेश शहरी विकास डिभिजन कार्यालय नेपालगञ्जका निमित्त प्रमुख रामआशिस दाशले मन्त्रालयको बहुवर्षे योजना मध्येको एक राधाकृष्ण मन्दीर र धर्मशाला निर्माण रहेको जानकारी दिए ।

साहु समाजका अध्यक्ष हंशराम साहुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाबुराम साहु, प्रदीप साहुलगायतले मन्दिर तथा धर्मशाला निर्माणको अवस्थाको बारेमा जानकारी गराएका थिए ।, बाँकेमा झण्डै साढे ५ सय घरधुरी साहुसमाज रहेको अनुमान गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कपास विकास समिति भंग गरेर कपडा उद्योग सञ्चालन गर्ने ?

२५ माघ २०८०, बिहीबार २०:०८
नेपालगञ्ज : हेटौंडा कपडा उद्योग सञ्चालन गर्न खोजिरहेको सरकारले त्यही कपडा उद्योगका लागि चाहिने कपास उत्पादन गर्ने बाँकेको कपास विकास समिति भने भुमाफियाको पक्षमा लागेर खारेज गर्ने नीति लिएको छ । सरकारको यस्तो दोहोरो रबैया देखेर कपास विकास समिति बचाउन लागेकाहरु आश्चार्यचकित छन् । स्वदेशमै कपडा उत्पादन गर्ने भन्दै सरकारी […]