आयुर्वेदद्वारा स्वास्थ्य शिविर तथा जेष्ठ नागरिकलाई सम्मान

१ जेष्ठ २०७५, मंगलवार ०९:४१
 

सदरलाइनडटकम
१ जेठ, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका आयुर्वेद स्वास्थ्य शाखाले नगरको वडा न ८ का जेष्ठ नागरिकलाई लक्षित गर्दै निशुल्क आयुर्वेद स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरेको छ ।
नेपालगन्ज उप–महानगरपालिका वडा न ८ को सहयोगमा सोमबार सो वडाका करिव ५० जेष्ठ नागरिकको स्वास्थ्य जाँचका साथै आयुर्वेदिक औषधोपचार गरिएको हो ।
महेन्द्र पुस्तकालयमा आयोजित कार्यक्रममा जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका प्रमुख डा.अनील चौधरी, कविराज अनीरुद्र साहले स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक परामर्श दिएका थिए । यस्तै अन्य सर्वसाधारणलाई लक्षित गरेर ग्रोथ प्लान स्वास्थ्य सेवा तथा परामर्श सेवा केन्दको आयोजनामा निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो ।
ग्रोथ प्लान स्वास्थ्य सेवा तथा परामर्श सेवा केन्दका अध्यक्ष चन्द्रनारायण मण्डलले सो शिविरमा सयजनाले स्वास्थ्य जाँच गराएको जानकारी दिए ।
यसैवीच वडा न ८ को सहयोगमा ग्रोथ प्लान स्वास्थ्य सेवा तथा परामर्श सेवा केन्द्रको सहजीकरणमा ८० वर्षमाथिका १३ जना नागरिकलाई प्रमाण पत्र, दोसल्लासहित सम्मान गरिएको छ । सम्मान गर्दै वडा अध्यक्ष सुरेन्द्रकुमार गुप्ताले जेष्ठनागरिकले समाजमा पुराएको योगदानको कदर गर्दै सम्मान गरिएको भन्दै स्वास्थप्रति सचेत रहन आग्रह गरे ।
यसरी सम्मानित हुनेहरुमा प्रेस स्वातान्त्रता सेनानी पन्नालाल गुप्तालगायतका रहेको सो कार्यक्रममा केन्द्रका अध्यक्ष मण्डल, वैश्य समाजका महासचिव घनश्याम वैश्य, वडा सचिव सादुराम चौधरी लगायतले आफ्नो कुरा राखेका थिए ।  

Next Post

एजुकेशन फेयर हुँदै

१ जेष्ठ २०७५, मंगलवार ०९:४१
सदरलाइनडटकम १ जेष्ठ, नेपालगन्ज :  मंगलबारदेखि नेपालगन्जमा नेपाल एजुकेशन फेयर सुरु हुदैछ । बुधवारसम्म चल्ने भेला एजुकेशन फेयर विजनेश प्लस टेलिभिजनको आयोजना तथा भक्ति दर्शन टेलिभिजनको सहआयोजनामा हुन लागेको हो । कार्यक्रमको सम्पुर्ण तयारी पुरा भईसकेको कार्यक्रम संयोजक राजकुमार चन्दले बताए । यसअघि कार्यक्रमको पुर्वसन्ध्यामा हिजो बाँके र बर्दियाका प्रधानाध्यापकहरुको […]