कुटपिटबाट जानकी गाउँपालिकामा युवकको मृत्यु

सदरलाइन संवाददाता २४ माघ २०८०, बुधबार १५:०८
 

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकामा स्थानीयको कुटपिटबाट एक २० वर्षीय युवकको मृत्यु भएको छ । स्थानीयको कुटपिटबाट जानकी गाउँपालिका १ बढैयाका २० वर्षीय युवा मुनिर खाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए ।

स्थानीयको कुटपिटबाट घाइते भएका मुनिरको उपचारका क्रममा बुधवार बिहान नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको उनले बताए ।

गत शुक्रबार सामान्य विषयमा झगडा हुँदा स्थानीयले हातपात गरि मुनिरलाई कुटपिट गरी घाइते बनाएको र घाइते हुनुभएका मुनिरलाई उपचारका लागि उक्त अस्पतालमा भर्ना गरिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।


मृतक मुनिरको शव पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि परिवारका सदस्यलाई बुझाइएको छ । प्रहरी निरीक्षक घिमिरेका अनुसार परिवारका सदस्यले मुनिरलाई कुटपिट गर्ने पाँच जना स्थानीयको नाममा प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

मुनिरलाई कुटपिट गर्ने उक्त व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्देशनालय खारेजीले आयोजना कार्यान्वयनमा अन्योल

२४ माघ २०८०, बुधबार १५:०८
सुर्खेत : कर्णाली प्रदेश सरकारले शिक्षा विकास निर्देशनालय खारेज गरेपछि निर्देशनालयअन्तर्गतका योजना कार्यान्वयनमा अन्योल सिर्जना भएको छ । सरकारले निर्देशनालय खारेज गर्दै कर्णाली प्रदेश निजामती सेवा नियमावलीबाटै हटाएको छ । उक्त नियमावली प्रदेश राजपत्रमा प्रकाशित भइसकेको छ । निर्देशनालय खारेज भएसँगै दर्जनौं योजना कार्यान्वयनमा चुनौती देखिएको छ भने कानुनी जटिलता […]