बसको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता २३ आश्विन २०७८, शनिबार १३:३५
 

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकामा बसले टयाक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

खजुराको इलाका प्रहरी कार्यालय धनौलीदेखि ३ किलोमिटर पश्चिम गुनाना चोकमा शनिवार बिहान साढे १० बजेतिर भे १ ख २२७४ नम्बरको बसले भे १ त ७४८८ नम्बरको टयाक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


मृत्यु हुनेमा ट्रयाक्टर धनी रहेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । मृतकको नाम खुल्न नसकेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आवाञ्छित गतिविधी रोक्न जमुनाहा नाकामा कुकुर परिचालन

२३ आश्विन २०७८, शनिबार १३:३५
नेपालगञ्ज : चाडपर्व नजिकिँदै जाँदा आवाञ्छित गतिविधी रोक्न बाँके प्रहरीले जमुनाहा नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको छ । नेपालगञ्जको जमुनाहा नाकामा शनिवार बिहानैदेखि तालिम प्राप्त कुकुरसहितको सुरक्षा जाँच शुरु भएको छ । दशैं तिहार लक्षित विशेष सुरक्षा योजना अन्तर्गत नेपाल–भारतसँग जोडिएको जमुनाह नाकामा तालिमप्राप्त कुकुरहरुको सहयोगमा नेपाल भित्रिने यात्रुहरुलाई […]

सम्बन्धित