बर्दिया प्रहरीद्वारा अबैध चिनि बरामद गरी भन्सार पठायो

सदरलाइन संवाददाता २९ भाद्र २०७८, मंगलवार १८:१८
 

बर्दिया : बर्दिया प्रहरीले सोमबार राती वेवारिसे अवस्थामा छोडिएको चिनि बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कायर्यालय बर्दिया मार्फत खटिएको टोलीले गुलरिया नगरपालिका वडा नं १ बाट वेवारिसे अबस्थामा छोडिएको ३ क्विन्टल ५० किलोग्राम चिनी बरामद गरेको हो ।


बरामद गरिएको सो चिनि अन्दाजी २१ हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।

भारतबाट अबैध रुपमा भन्सार छलेर चोरी निकासी गरी वेवारीसे छोडिएको अवस्थामा फेला परेको सो चिनि आबश्यक प्रक्रिया पुरा गरि थप कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाघ नियन्त्रणमा लिन लागि निकुञ्जद्वारा पहल सुरु

२९ भाद्र २०७८, मंगलवार १८:१८
नेपालगञ्ज  : बाँकेको राप्ती सोनारी गाउँपालिका- १ गाभरमा पाटेबाघको आक्रमणमा परी एक जनाको ज्यान गएपछि बाँके राष्ट्रिय निकुञ्जले सो बाघ नियन्त्रणमा लिनका लागि तयारी अघि बढाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले घटनास्थल तथा आसपासको क्षेत्रमा उच्चसर्तकता अपनाउँदै निकुञ्जबाट निरन्तर अनुगमन गर्नुका साथै बाघ नियन्त्रणमा लिनका लागि आवश्यक तयारी अघि बढाएको जानकारी दिए […]