आगोलागीले क्षति पुगेको कर्णाली पुल सञ्चालनमा

सदरलाइन संवाददाता ६ चैत्र २०८०, मंगलवार १६:०२
 

कैलाली : आगलागीका कारण बन्द भएको कर्णालीको पुल आजदेखि सञ्चालनमा आएको छ । आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल आजदेखि सञ्चालनमा आएको हो ।


नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय इन्जिनियर नीरज शाक्यले “पुलको अवस्थाका बारेमा हामीले स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न कुनै समस्या नहुने भएकाले आजदेखि यातायातका साधन सञ्चालनको अनुमति दिएका छौँ,” उनले भने ।

गत सोमबार पुलमा आगो लागेको थियो । पुलमा गुडीरहेको ट्रकमा लागेको आगो पुलका १४ वटा सहारा लट्ठामा लाग्दा केही क्षति भएको थियो । विज्ञ टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अनलाइन जुवा खेलाउने चार पक्राउ

६ चैत्र २०८०, मंगलवार १६:०२
काठमाडौँ  : क्यास एपलगायतका एप्लिकेसन मार्फत हारजीत हुने गरी अनलाइन क्यासिनो जुवा खेलाएको अभियोगमा प्रहरीले तीन महिला र एक पुरुष गरी चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्ने काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको थाङपाल गाउँपालिका–८ घर भएकी २५ वर्षीया […]

सम्बन्धित