आध्यात्मिक गुरु श्रीश्री रविशंकरले नेपालका पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीसँग भर्चुअल अन्तरक्रिया गर्दै

२१ जेष्ठ २०७७, बुधबार ०८:०५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आध्यात्मिक गुरु श्रीश्री रविशंकरले कोरोना महामारी व्यवस्थापनका विषयमा नेपालका पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीलगायत देशका विभिन्न क्षेत्रका उच्च ओहोदाका २० जनासँग दुई दिन भर्चुअल अन्तरक्रिया गर्ने भएका छन् ।

द आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकरले बुधबार बिहान ११ बजे कोरोना महामारी संकट व्यवस्थापनमा अध्यात्मको भूमिका विषयमा पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वमन्त्रीहरु प्रकाशचन्द्र लोहनी, प्रकाशशरण महत, सुरेन्द्र पाण्डे र राजेन्द्र महतोसँग अन्तरक्रिया गर्नेछन् ।

सोही कार्यक्रममा पूर्वप्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, बरिष्ठ नेत्ररोग विशेष डा.सन्दुक रुइत, द आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वरकुमार सिंह र महासचिव डा.सन्दीप शाहसँग अन्तरक्रिया हुनेछ ।


त्यसैगरी शुक्रबार बिहान ७ः१५ बजे अनिश्चित समयमा प्रेरणादायक नेतृत्वको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा भने सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान, संयुक्त राष्ट्रसंघका पूर्वसहायक सचिव कुलचन्द्र गौतम, युएन सीड समिति उपाध्यक्ष बन्दना राणा, नेपाल विद्युत प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङ, गायिका आनी छोइङ डोल्मा, नेपालका लागि अमेरिकाका पूर्वराजदूत डा.शंकरप्रसाद शर्मा, क्रिकेटर पारस खड्का, चौधरी ग्रुपका महाप्रबन्धक निर्वाण चौधरी अन्तरक्रियामा सहभागी हुनेछन् ।

यो कार्यक्रमको सहजीकरण द आर्ट अफ लिभिङका नीभा माथेमा प्रधानले गर्ने जनाइएको छ । अन्तरक्रिया कार्यक्रमको द आर्ट अफ लिभिङको युट््युब च्यानल, श्रीश्री युट््युब च्यानल, श्रीश्रीरविशंकर फेसबुक पेज, श्रीश्रीरविशंकर इन्ट्राग्राम, श्रीश्री ट्वीटर र श्रीश्री ओआरजी, दआर्टअफलिभिङ मोबाइल एपबाट प्रत्यक्ष प्रसारण हुने आर्ट अफ लिभिङ नेपालका मिडिया संयोजक गौैरव कँडेलले मंगलबार विज्ञप्ती जारी गरी जानकारी गराएका हुन् ।

योग, ध्यान र सेवाको क्षेत्रमा क्रियाशील द आर्ट अफ लिभिङ फाउन्डेसन सन् १९८१ मा स्थापना भएको गैरनाफामूलक, शिक्षा र मानवीयताको क्षेत्रमा काम गर्ने आध्यात्मिक संस्था हो । विश्वका एक सय ५६ देशमा यसका शाखा छन् । तनावरहित मन र हिंसा रहित समाज भन्ने यसको मूल नारा रहेको छ ।

Next Post

थप २०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

२१ जेष्ठ २०७७, बुधबार ०८:०५
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालमा बुधवार २ सय १ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि नौ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २ सय ७८ जना कोरोना संक्रमित निको […]