जानकीमा अध्यक्ष कप खेलकुद शुरु

सदरलाइन संवाददाता २२ माघ २०८०, सोमबार १८:२३
 

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकामा विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सोमवारदेखि शुरु भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगिता मानपुरस्थित कन्या आधारभूत विद्यालयको खेल मैदानमा आयोजना गरिएको छ । प्रतियोगिताको उदघाटन संघीय सांसद किशोरसिंह राठोर र पालिका अध्यक्ष छब्बन खाँले संयुक्तरूपमा गरे ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै सांसद राठोरले विद्यार्थीहरुको पहिलो दायित्व भनेको पढ्नुपर्ने रहेको बताउँदै शरीर र मस्तिस्कलाई स्वस्थ राख्न खेलकुद महत्वपूर्ण कडी भएको बताए । उनले विद्यालय स्तरमा हुने यस्ता खाले प्रतियोगिताले खेलाडी उत्पादनमा समेत टेवा पुर्याउने बताए ।

गाउँपालिका अध्यक्ष खाँले शिक्षा र खेलकुद विकासको लागि गाउँपालिकाबाट हुने सहयोगमा कुनै पनि कसर नराख्ने बताए । उदघाटन कार्यक्रमलाई लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मीले पनि सम्बोधन गरेका थिए ।


जानकी गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्णाकुमारी भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा सभाध्यक्ष खाँलाई विभिन्न विद्यालयका विद्यार्थीहरुले मार्चपास गर्दै सलामी अर्पण गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार कुर्मी, वडा नम्बर ४ का वडा अध्यक्ष रमेशकुमार बर्मा, ५ का वडा अध्यक्ष टिकानाथ यादव, ६ का जगदिशप्रसाद हरिजन, सामाजिक विकास समितिका संयोजक रामआचल धोवी, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारी गाउँपालिकाको अर्धवार्षिक समिक्षा हुँदै

२२ माघ २०८०, सोमबार १८:२३
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाको अर्धवार्षिक समिक्षा सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलको अध्यक्षतामा सुरु भएको अर्धवार्षिक समिक्षामा वडा र विषयगत शाखाहरुले प्रस्तुतिकरण गरिरहेका छन् । ‘गएको साउन १ गतेदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा भएका कामहरुको समिक्षा गर्न अर्धवार्षिक समिक्षा कार्यक्रम आयोजना गरिएको हो,’ गाउँपालिकाका अध्यक्ष […]