कोहलपुरस्तिथ विद्यालयमा ट्राफिक सचेतना फैलाईंदै

सदरलाइन संवाददाता ७ भाद्र २०८०, बिहीबार १३:४९
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको हाईस्कुल बिटमा रहेका ट्राफिक प्रहरीहरुले ट्राफिक सचेतना प्रदान गर्नुका साथै त्रिभुवन माध्यमिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई हरेक दिन जसो ट्राफिक सचेतना फैलाउनमा ब्यस्त रहेको देख्न सकिन्छ ।

यसअघि जथाभावि बाटो काट्ने बिद्यार्थी हुन या वटुवा आजभोलि लेन अनुशासन पालन गर्दै जेब्रा क्रसिङबाट बाटो काट्न शुरु गरेका छन् । ट्राफिक सचेतनालाई तिब्र बनाएका प्रहरी सहायक निरीक्षक मदन सिंह मातरले बाटोमा मात्र हैन बिद्यालयका कक्षादेखि बिद्यालयका गाडीहरुभित्र गएर पनि ट्राफिक सचेता फैलाउँदै आएका छन् ।

अत्याधिक मात्रामा दुर्घटना हुने यस क्षेत्रमा प्रहरी सहायक निरीक्षक मदन सिंह मातर आएदेखि दुर्घटना न्युनिकरण भएको बताउँछन् कोहलपुर १० का स्वास्थ्यकर्मी धु्रर्बराज बुढाक्षेत्री । उनका अनुसार सडक अनुशासन र दुर्घटना न्युनिकरणबारे छोटो समयमा सुसोचित गराउँदै आएका ट्राफिक प्रहरीहरुलाई ट्राफिक सचेतनाका लागि भने सामग्रीहरु अभाव भएको छ ।


जथाभावि सवारी साधन रोक्ने परिपाटि रहेको सन्दर्भमा सचेतनाका केहि महत्वपुर्ण बोर्डहरु हुने हो भने जथाभावि रोक्ने परम्परा पनि तोडिने विश्वास गर्दै प्रहरी सहायक निरीक्षक मदन सिंह मातरले स्थानिय सरकारले केहि सचेतनाका सामग्रीहरु उपलब्ध गराए आफुले सडक दुर्घटनालाई थप प्रभावकारी रुपमा न्युनिकरण गर्न सक्ने विश्वास ब्यक्त गर्छन् ।

पानी परिरहेका कारण जेब्रा क्रसमा रगं लगाउन नसकिएको भन्दै मातरले निश्चित ठाउमा सार्वजनिक सवारी साधन रोक्ने यात्रु ओराल्ने र चढाउने गरि संकेत सहितको बोर्डको आबश्यकता रहेको जनाएका छन् । अधिकांश सार्वजनिक सवारी साधन र अटो रिक्साहरु जेब्रा क्रसमै रोक्ने गरेका भन्दै मातरले निश्चित बोर्ड निर्माण भए सोहि बमोजिम सचेतना फैलाउने र अटेर गर्नेहरुलाई कारवाहिको दायरामा ल्याउन समेत सहज हुने बताउँछन् ।

उनले स्थानिय सरकारसंगको सहकार्यमा सडकमा रहेको रेलिङ ब्यबस्थापन समेत गरिने बताएका छन् । वडा नं. १० मा रहेको वडा कार्यालयमा समेत ट्राफिक ब्यबस्थापन सम्बन्धित सामग्रीका लागि निवेदन गरेको बताउदै ट्राफिक सचेतनाका लागि स्थानिय जनता, स्थानिय सरकार र प्रहरीको सहकार्यमा मात्र सम्भव हुने भएकाले सवैलाई सहकार्यका लागि हातेमालो गर्न आव्हान समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर खानेपानीमा आर्थिक सहायता निषेध

७ भाद्र २०८०, बिहीबार १३:४९
कोहलपुर (बाँके) : कोहलपुर बृहद् सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा चन्दा निषेध गरिएको छ । ऋणमा रहेको संस्थालाई मितिव्ययी बनाउका लागि चन्दा नदिने लगायतका सुधारका कार्ययोजना बनाउन लागिएको अध्यक्ष टेकनारायाण भुषाल बताउँछन् । ‘संस्था ऋणमा भएका कारण मितव्ययी बन्नैपर्ने भएको छ । आर्थिक बिषय लगायत संस्था सुधारका कार्ययोजना […]