नेपालगञ्ज मेडिकल कलेजमा आन्दोलन थप सशक्त पारिँदै

सदरलाइन संवाददाता १७ जेष्ठ २०७९, मंगलवार १५:००
 

नेपालगञ्ज : चार महिनादेखि मासिक तलव नपाएको भन्दै आन्दोलनरत नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरुले आन्दोलनलाई थप सशक्त बनाएका छन् । चार महिनादेखि मासिक तलव र करिव एक वर्षदेखि प्रोत्साहन भत्ता नपाएको चिकित्सकहरुको गुनासो छ ।

गएको विहीबार अस्पताल प्रशासन अगाडी हातमा कालो पट्टी बाँधेर एक घण्टा धर्ना बस्दै आएका उनीहरुले आन्दोलनलाई थप सशक्त पार्दै ओपिडी सेवा पनि आंशिकरुपमा बन्द गरेका छन् ।


व्यवस्थापन पक्षले आफ्नो माग सम्वोधनमा चासो नदिएको भन्दै उनीहरुले आधा दिनको काम छाडेका हुन् । नेपालगञ्ज मेडिकल कलेज प्राध्यापक परिषद्को अगुवाईमा चिकित्सकहरु आन्दोलनमा उत्रिएको परिषद्का अध्यक्षमा डा विनोद महासेठले बताए ।

नेपालगञ्ज मेडिकल कलेजमा ११४ जना चिकित्सक छन् । अस्पतालका प्रशासन प्रमुख कुमार अधिकारीले कोभिड महामारीका कारण त्यसको असर अहिलेपनि अस्पतालमा परिरहेकाले समयमा तलवभत्ता दिन नसकिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

असहयोग गर्ने नेता कार्यकर्तालाई काँग्रेस बाँकेले कारबाही गर्ने

१७ जेष्ठ २०७९, मंगलवार १५:००
नेपालगञ्ज : नेपाली काँग्रेस बाँकेको जिल्ला अनुशासन शाखाले बैशाख ३० गते भएको पालिका निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने तीन दर्जन नेता तथा कार्यकर्तालाई स्पष्टिकरण सोध्न जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ । जिल्ला अनुशासन शाखाका संयोजक टंकप्रसाद काफ्ले आशिषको अध्यक्षतामा मंगलवार बसेको बैठकले तल्ला कमिटीबाट आएका सिफारिसलाई अनुमोदन गर्दै जिल्ला कार्यसमितिलाई […]