बाँकेमा हात्तिपाइले रोगको अवस्था बारे सर्भे सुरु

२० कार्तिक २०७४, सोमबार १६:०३
 

सदरलाइनडटकम 
२० कात्तिक, नेपालगन्ज  : नियमित ७ वर्ष हात्तिपाईले बिरुद्धको औषधि खुवाईएको बाँकेमा हात्तिपाईले रोगको अवस्था पत्ता लगाउनको लागि ‘प्रि ट्रान्समिसन एसिस्मेन्ट सर्वे’ सुरु गरिएको छ । पाँच चरण हात्तिपाईले बिरुद्धको औषधि खुवाई सकेपछि पुनः २ चरण औषधि खुवाई अवस्था बुझ्नको लागि सर्वे सुरु गरिएको जिल्ला जन स्वास्थ्य कार्यालय बाँकेका प्रमुख तथा वरिष्ठ जन स्वास्थ्य प्रशासक खिमबहादुर खड्काले जानकारी दिए ।
उनले भने–‘सात वर्ष अघि बाँकेमा हात्तिपाईले रोगको अवस्था २१ प्रतिशत रहेकोमा गत वर्ष सञ्चालन गरिएको हात्तिपाईले रोग सर्ने दर परिक्षण (‘प्रि ट्रान्समिसन एसिस्मेन्ट सर्वे’) गर्दा १६ प्रतिशतमा झरेको र यो वर्ष अझ कम हुने कुरामा विश्वस्त रहेका छौ ।’ उनले विभिन्न समुदायको बसोबास रहेको बाँकेमा कार्यक्रम सञ्चालनमा केही चुनौती थपिएको भए पछि नतिजा सत प्रतिशत निकाल्नको लागि समस्या भएको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका सो कार्यक्रम हेर्दै आएकी स्वास्थ्यकर्मी दुर्गा गौतमले नेपालगन्ज उप–महानगरपालिकाको वडा नं.४, कोहलपुर नगरपालिकाको रझेना र राप्तीसोनारी गाउपालिकाको बैजापुरमा हात्तिपाईले रोग सर्ने दरको अवस्था बुझ्नको लागि एक–एक दिने शिविर नै सञ्चालन गर्दै प्रत्येक ठाँउबाट ३–३ सय जनामा चेकजाँच सुरु गरेको जानकारी दिईन ।
उनले दिएको जानकारी अनुसार नेपालगन्ज उप–महानगरपालिकाको वडा नं.४ मा सञ्चालन गरिएको शिविरमा ३ सयको रगत परिक्षण गर्दा १७ जनामा हात्तिपाईलेको जिवाणु भेटिएको छ । उनले भनिन्–‘नेपालगन्जको ४ नं. वडाका ३ सय जनामा परिक्षण गर्दा १७ जनामा पोजेटिभ रिजल्ट आयो । १७ जनालाई पुनः औषधि खुवाईएको छ ।’
नेपालगन्ज उप–महानगरपालिकाकी उप–मेयर उमा थापामगर, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख खड्का वडा नं.४ का वडा अध्यक्ष सफिक नद्दाफले रत्तपरिक्षण गराउदै कार्यक्रमको उद्दघाटन समेत गरेका थिए । सो अवसरमा नेपालगन्ज उप–महानगरपालिकाका उप–मेयर उमा थापामगरले जनचेतना र अज्ञानताको कारण नेपालगन्जमा हात्तिपाईले विरुद्धको औषधि खुवाउने अभियानलाई सबैको सहयोगले सफल बनाउदै हात्तिपाईलेको जीवाणु रहति बनाउन अपिल गरिन । सो अभियान कोहलपुरको रझेनामा र राप्ती सोनारीको बैजापुर क्षेत्रमा मंगलबारसम्म सञ्चालन हुने जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

MBA Rescheduled Admission Notice

२० कार्तिक २०७४, सोमबार १६:०३
Inspiring Leadership Mid-Western University School of Management (MUSOM) Birendranagar, Surkhet MBA Rescheduled Admission Notice MUSOM proudly invites applications for admission to the MBA Program for Sixth Batch (2074-2076) of Master in Business Administration (MBA) Program. Special Features: Innovative teaching pedagogy, real life business exposure, real life project work and case […]