नेपालगन्ज–१० मा एमालेको प्रचार सचिवालय उद्दघाटन

६ जेष्ठ २०७४, शनिबार १८:५६
 

सदरलाइनडटकम, 
६ जेठ, नेपालगन्ज : दोस्रो चरणको निर्वाचनको तिथी नजिकिदै गर्दै बाँकेमा विभिन्न राजनीतिक पार्टीहरुले आ–आफ्नो प्रचार कार्यालय खोल्ने क्रमलाई तीब्रता दिएका छन् ।  यस क्रममा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, राप्रपा राष्ट्रबादी लगायतका राजनीतिक दलहरुले जिल्लाका विभिन्न स्थानीय तह अन्तरगत आ–आफ्ना प्रचार कार्यालय खोलेर घरदैलो सुरु गरेका छन् ।
यसक्रममा शनिबार एमाले नेपालगन्ज उप–महानगरपालिकाको वडा नं. १० को प्रचार कार्यालय उद्दघाटन तथा प्रस्तावित उम्मेदवार परिचय कार्यक्रमको एमाले बैकल्फिक केन्द्र्रीय सदस्य बाँके क्षेत्र नं.२ का सांसद दिनेशचन्द्र यादवले उद्दघाटन गरे ।
सो कार्याक्रममा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य तथा बाँके क्षेत्र नं. ४ का सांसद दलबहादुर सुनार, एमाले बाँकेका अध्यक्ष अशोक कोईराला, प्रदेश नंं. ५ का सदस्य शान्ति ढकाल, एमाले केन्द्रीय उद्योग बाणिज्य विभाग सदस्य विजय गुप्ता उपाध्यक्ष निरक गुरुङ्ग, सचिव रत्न खत्री लगायतका नेताहरुले पार्टीका चुनावी एजेन्डाका बारेमा बोलेका थिए ।
नेपालगन्जको बन कार्यालय नजिकै रहेको सो प्रचार कार्यालय निर्वाचन अवधिभरको लागि सचिवालय हुने बताईएको छ । एमालेले सो वडाबाट दमनकुमार श्रेष्ठको नेतृत्वमा अछरी पोख्रेल, शोभा विसि, मुधु भुसाल र सपना बासकोरलाई उम्मेदवार बनाउन प्रस्ताव गरेको छ । नेपाली काँग्रेसका पूर्व सभापति स्व. सुशील कोईरालाको घर यसै वडामा रहेको कारणले पनि यो वडालाई विशेष महत्वको साथ हेरिएको छ ।
सो अवसरमा माओवादी केन्द्रको जिल्ला संगठन कमिटीका सदस्य मधुदेबी श्रेष्ठ र नेपाली काँग्रेस क्रियाशिल सदस्य प्रेम कुमारीलगायत तीनदर्जनबढी पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सांसद यादवले अबिर खादा लगाएर स्वागत गरका थिए ।
एमाले बाँकेका जिल्ला कमिटीका सदस्य तथा वडा नं. १० का ईन्चार्ज अशोक कर्माचार्यले वडामा पार्टीको उम्मेदवार जिताउनको लागि १५ वटा टोल कमिटी निर्माण गरी जिम्मेवारी दिएको र पार्टीका पुराना तथा अनुभवी नेता भानु पाण्डेको संयोजकत्वमा प्रचार कमिटी निर्माण गरेर घरदैलो अभियान सुरु गरेको बताए ।

पार्टीद्वारा प्रस्ताव गरीएका वडा नं. १० का उम्मेदवारहरु  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज उप–महानगरपालिका भित्र सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाई

६ जेष्ठ २०७४, शनिबार १८:५६
सदरलाइनडटकम,    ७ जेठ,  नेपालगन्ज : बजेट अभावसंगै सेवाग्राहीले समयमा बैंकमा खाता नखोलेको कारण नेपालगन्ज उप–महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाई हुने भएको छ । चालू आर्थिक वर्षको असोज महिनामा पहिलो किस्ता वितरण गरेको उप–महानगरपालिकाले दोस्रो किस्ता वापतको सामाजिक सुरक्षा भत्ता सेवाग्राहिले समयमा बंंैकमा खाता नखोल्दा र सामाजिक सुरक्षा भत्ताको […]

सम्बन्धित