बाँकेका विकासे अड्डाका प्रमुख तथा प्रतिनिधिसंग प्रदेश शहरी विकास मन्त्री नमूनाको अन्तरक्रिया

सदरलाइन संवाददाता १९ माघ २०८०, शुक्रबार १५:१७
 

नेपालगञ्ज :  लुम्बिनी प्रदेस सरकारका शहरी विकास मन्त्री कृष्णा केसी नमुनाले बाँकेमा रहेका विकास निर्माण सम्बद्ध कार्यालयका प्रमुख तथा प्रतिनिधिसंग जिल्लामा सञ्चालनमा रहेका विकास निर्माणको अवस्थाको बारेमा अन्तरक्रिया गरेकी छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको विशेष पहलमा आयोजित सो अन्तरक्रिया कार्यक्रममा बाँकेमा सञ्चालनमा रहेका विभिन्न सरकारी योजनाको बारेमा आफुले जानकारी लिने अवसर मिलेको बताईन ।

उनले जिल्लामा सञ्चालनमा रहेका विकासे योजना सम्पन्न गर्नको लागि प्रदेश सरकारका तर्फबाट आफ्नो पूर्ण सहयोग रहने बताउदै समयमै योजना सम्पन्न गर्न निदेर्शन समेत दिदै भनिन–‘ विकासे योजना समयमै सम्पन्न गर्नको लागि तीब्र गतिमा लाग्नुहोला । केही असहजता भए त्यसको समाधान गर्नको लागि मैले आफ्नो तहबाट पहल गर्नेछु ।’

लुम्बिनी प्रदेश शहरी विकास मन्त्री नमुनाले सो अवसरमा उपस्थित सबै विकासे अड्डाका प्रमुख तथा प्रतिनिधिलाई जनताले प्रत्यक्ष अनुभूती गर्ने गरी काम अघि बढाउन निर्देशन दिदै संघ, प्रदेश र स्थानीय योजना एक आपसमा नबाझिने गरी कार्यसम्पदन गर्न निर्देशन समेत दिईन ।


बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँकेमा संघ र प्रदेसबाट सञ्चालनमा रहेका विभिन्न विकासे योजनाहरु सडक, सिचाई, खानेपानी, पुलपुलेशा, कृषि, पशु तथा भेटेनरी, बन व्यवस्थापनलगायतको अवस्थाको बारेमा जानकारी आदनप्रदान हुनुको साथै योजना सम्पन्न गर्न भएका अवरोधको पहिचान गरी निकास दिन सो अन्तरक्रियाले बाटो खोल्ने आफुले विश्वास गरेको बताए ।

उनले समग्र बाँकेको विकासको लागि यस्ता अन्तरक्रियाले उर्जा थप गर्ने भएकोले कुनै आयोजना सम्पन्न गर्न अबरेध देखिए तत्काल त्यसको समाधान गरी योजना सम्पन्न गराउन लागिने कुरामा जोड दिए ।

सो कार्यक्रममा सिक्टा सिचाई आयोजना, हुलाकी सडक, संघिय आयोजना कार्यान्वयन ईकाई, सडक डिभिजन, बन डिभिजन, खानेपानी, प्रदेश शहरी विकास कार्यालय, नर्सिङ्ग क्याम्पस, महेन्द्रबहुमुखी क्याम्पसलगायतले आ–आफ्नो कार्यालयबाट भएका विकासे कार्यक्रमका प्रगति तथा अवरोधका बारेमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्व सिमसार दिवशमा बाँकेको राप्तीनदीमा १० घडियाल गोही छाडियो

१९ माघ २०८०, शुक्रबार १५:१७
कोहलपुर (बाँके) : सिमसार मानव हितको आधार भन्ने मुल नाराका साथ विश्व सिमसार दिवसको अवसरमा बाँकेको राप्ती नदिमा १० वटा घडियाल गोही छाडिएको छ । चितवनको कसरा प्रजनन् केन्द्रबाट ल्याईएका १ भाले, ९ पोथी गरी १० वटा घडियाल गोहीलाई राप्ती नदिको ओभरी क्षेत्रमा छाडिएको हो । लुम्बिनी प्रदेशकी शहरी बिकास […]

सम्बन्धित