विश्व सिमसार दिवशमा बाँकेको राप्तीनदीमा १० घडियाल गोही छाडियो

सदरलाइन संवाददाता १९ माघ २०८०, शुक्रबार १६:३३
 

कोहलपुर (बाँके) : सिमसार मानव हितको आधार भन्ने मुल नाराका साथ विश्व सिमसार दिवसको अवसरमा बाँकेको राप्ती नदिमा १० वटा घडियाल गोही छाडिएको छ । चितवनको कसरा प्रजनन् केन्द्रबाट ल्याईएका १ भाले, ९ पोथी गरी १० वटा घडियाल गोहीलाई राप्ती नदिको ओभरी क्षेत्रमा छाडिएको हो ।

लुम्बिनी प्रदेशकी शहरी बिकास मन्त्री कृष्णा केसी नमुनाले विश्व सिमसार दिवसको अवसरमा ती गोही छछाडिएको हो । कार्यक्रममा बोल्दै मन्त्री नमुनाले नदिमा छाडीएका गोहीहरुको संरक्षणका लागि उपायहरु खोजिनुपर्ने बताउदै उनले मानव तथा वन्यजन्तु विचको द्वन्द्व व्यबस्थापनका लागि मध्यवर्ती क्षेत्रका समुदायलाई आयआर्जनमा जोड्नुपर्ने बताईन ।
‘मध्यवर्ती क्षेत्रका समुदाय चेतनाका हिसावले समेतपछि परेका छन् । उनीहरुको लागि निकुञ्जले सचेतनामुलक कार्यक्रमका अलावा आयआर्जनमा समेत जोड्ने गरी कार्यक्रम ल्याउनु पर्छ’– उनले भनिन ।

मन्त्री नमुनाले राप्ती नदि आसपासका बस्ती, त्यहाँको संस्कृती र त्यस क्षेत्र वरपर रहेका धार्मिक तथा पर्यटकीय गन्तब्यलाई समेट्ने गरी पर्यटकीय सर्किट बनाउन सके आन्तरीक तथा बाह्य पर्यटक भित्राउन सकिने जिकिर गर्दै यस विषयमा गहन ढंगले अध्ययन गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरिन ।


सो अवसरमा वन तथा वातावरण मन्त्रालयका उप–सचिव लक्ष्मण पौडेलले वातावरणीय सन्तुलन, जलवायु परिवर्तनको स्थिरता कायम राख्न घडियाल गोहिको अत्यन्त महत्वपुर्ण भुमिका हुने उल्लेख गर्दै घडियाल गोहिको संकटापन्न अवस्थालाई चिर्न पनि यस्को संरक्षण अपरिहार्य भएको बताए ।

होम–स्टे महासंघ नेपालका महासचिव कृष्ण चौधरीले बैरेनी क्षेत्रमा बालुवा चालेर सुन खोज्ने र माछा मारेर जिविकोपार्जन गर्ने समुदायको अधिक वसोवास भएको चर्चा गर्दै यस क्षेत्रलाई घरबास सहितको पर्यटकीय स्थलका रुपमा विकास गरिनुपर्ने सुझाव दिए ।

मध्यवर्ती क्षेत्र व्यबस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा बिभिन्न वक्ताहरुले जलिय परिस्थितिक प्रणालीमा गोहीको भुमिका महत्वपुर्ण हुने भन्दै गोहीको संरक्षणमा लाग्नुपर्ने सुझाव दिएका थिए । राप्ती नदीमा यसअघि समेत विभिन्न समयमा राप्ती नदिमा १२ वटा गोही छाडिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिद्युतको बक्यौता नबुझाउनेलाई कालोसूचीमा राखिँदै

१९ माघ २०८०, शुक्रबार १६:३३
नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयले आफ्नो लाइन काटिएको ६ महिना बढी समयसम्म पनि बक्यौता बुझाएर लाइन जडान गर्न नआउने ग्राहकको मिटर बक्स झिकेर कालोसूचीमा राख्न शुरु गरेको छ । लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख राजीव सिंहले लाइन काटिएको ६ महिनासम्म पनि विद्युत महशुलको बाँकी […]

सम्बन्धित