प्रयोगशाला विज्ञसहितको टोली नेपालगञ्ज आउँदै

५ बैशाख २०७७, शुक्रबार १०:०१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना भाइरस संक्रमणको परीक्षणका लागि काठमाण्डौबाट विज्ञसहितको टोली शुक्रवार आउँदै छ । बिहीवार भैरहवा पुगेको टोली शुक्रवार भेरी अस्पताल आउने भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश थापाले जानकारी दिए ।
टोलीले पिसिआर (पोलिमरेज चेन रियाक्शन) ल्याबको निरीक्षण, यन्त्रको जाँच र अस्पतालका माइक्रोबायोलोजिष्टलाई आवश्यक तालीम दिएपछि परीक्षण शुरु हुने अस्पतालले जनाएको छ । विज्ञ टोलीले प्रशिक्षण दिएपछि मात्रै कोरोना परीक्षण निश्चित हुने मेसु थापाले बताए ।
प्रमुख डा. थापाका अनुसार कोरोना परीक्षण गर्ने पिसिआर मेशिन एक साताअघिनै अस्पतालमा जडान भइसके पनि सञ्चालन विज्ञ र आवश्यक किट्स केन्द्रबाट आउन ढिलाई भएकाले तत्काल परीक्षण शुरु हुन सकेको छैन । नेपालगञ्जमा परीक्षणको शुभारम्भपछि टोली सुदूरपश्चिमको सेती अञ्चल अस्पताल जाने कार्यक्रम रहेको डा. थापाले बताए ।

Next Post

जाजरकोटमा २०३ जनाको रिपोर्ट नेगेटिभ

५ बैशाख २०७७, शुक्रबार १०:०१
सदरलाइनडटकम, जाजरकोट : कोरोना भाइरसको आशंकामा जाजरकोटमा र्यापिड टेष्ट विधिबाट विभिन्न स्थानीय तहमा गरिएको २०३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बारेकोट गाउँपालिका, जुनीचाँदे गाउँपालिका, भेरी नगरपालिका र छेडागाड नगरपालिकामा गरिएको परीक्षणमा २०३ जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । बारेकोटमा ५५, भेरीमा ८४, छेडागाडमा तीन […]

सम्बन्धित