बाँकेमा सञ्चालनमा रहेको एन्फा कम्युनिटी कोचिङ कोर्ष सम्पन्न

सदरलाइन संवाददाता ९ चैत्र २०८०, शुक्रबार १९:००
 

नेपालगञ्ज : बाँकेमा सञ्चलनमा रहेको एन्फा कम्युनिटी कोचिङ कोर्ष सम्पन्न भएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा भएको एन्फा कम्युनिटी कोचिङ कोर्ष सम्पन्न भएको हो ।

गत चैत्र ६ देखि ९ गते म्म संचालन भएको एन्फा कम्युनिटी कोचिङ कोर्षमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाल, डोटी, कालिकोट, काठमाडौं लगायतका जिल्लाबाट ४३ जनाको सहभागिता रहेको थियो ।

कोर्षमा सहभागि भएकाहरुलाई शुक्रबार प्रमाण पत्र प्रदान गरिएको थियो । एन्फा कम्युनिटी कोचिङ कोर्षमा सहभागि भएकाहरुलाई नेपालगञ्ज उप–महानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्ट, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रिय सदस्य भोजराज शाही, एन्फाका पुर्व उपाध्यक्ष गोवर्धन सिंह सम्झन, राप्रपा नेपालका सहायक महामन्त्री तेजबिक्रम शाह, एन्फा कार्यवहाक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान हरी खड्का, एन्फा हेड अफ कोच एजुकेशन संजित सिंह, लगायतले प्रमाण पत्र प्रदान गरेका थिए ।

चार दिनसम्म चल्ने एन्फा कम्युनिटी कोचिङ कोर्षमा सहभागि भएकाहरुलाई एन्फा कार्यवहाक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान हरी खड्का र एन्फा हेड अफ कोच एजुकेशन संजित सिंहले प्रशिक्षण दिएका थिए ।

एन्फाले ५ वर्ष अघिदेखि एन्फा कम्युनिटी कोर्षको सुरुआत गरेको हो । बाँकेमा भैरहेको कोर्षमा ३२औं ब्याचले प्रशिक्षण लिएका छन् । प्रमाणपत्र वितरण कार्यक्रममा मेयर प्रशान्त विष्टले फुटबलको विकासमा प्रशिक्षण कार्यक्रमले प्रभावकारी भुमिका निर्वाह गर्ने बताए ।


फुटबलको विकासमा नगरपालिका सधै सकारात्मक भएर अगाडि बढिरहेको बताउँदैं मेयर विष्टले आगामी दिनमा पनि संघसँग सहकार्य गरेर अगाडी बढने प्रतिबद्धता जनाए ।

पुर्व कप्तान हरी खड्काले दक्ष प्रशिक्षक बिना फुटबलमा सफलता हासिल गर्न असम्भव भएको भन्दैं प्रशिक्षणलाई व्यवहारमा प्रयोग गर्नुपर्ने बताए ।

आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रशिक्षण सम्पन्न गर्न सहयोग गर्ने अखिल नेपाल फुटबल संघ, प्रशिक्षकहरु र सहभागीहरुलाई धन्यवाद दिएका थिए । संघले आगामी दिनमा फुटबलको विकासका लागि अन्य थुप्रै कार्यक्रम गर्ने तयारी गरेको उनले जानकारी दिए ।

कार्यक्रममा बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल चन्दले थुप्रै चुनौतिका बिच संघले फुटबल विकासका लागि काम गर्ने प्रयास गरिरहेको बताईन ।

एन्फाका पुर्व उपाध्यक्ष गोवर्धन सिंह सम्झनाले तालिम लिएका प्रशिक्षक र प्रशिक्षार्थीले आफनो लगनशील भएर फुटबल प्रशिक्षण गराउँदैं प्रतिभाशाली खेलाडी उत्पादनमा योगदान दिनु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इलाम–२ उपनिर्वाचनमा उम्मेदवार बन्नेको लर्को, स्वतन्त्र उम्मेदवार घोषणाको लहर

९ चैत्र २०८०, शुक्रबार १९:००
इलाम– आउँदो वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि चुनावी चहलपहल बढेको छ । उपनिर्वाचनमा उम्मेदवार बन्नेको लर्को लागेको छ । उम्मेदवार टुङ्गो लागेका स्वतन्त्रहरू जनताको घर पुग्न थालेका छन् भने उम्मेदवार टुङ्गिन बाँकी राजनीतिक दलका नेताहरूसमेत निर्वाचन क्षेत्र केन्द्रित हुन थालेका छन् । […]

सम्बन्धित

ताजा अपडेट