दाङमा युवकको शव र युवती बेहोस भेटिइन्

९ जेष्ठ २०७६, बिहीबार १९:०१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को एक सामुदायिक वनमा एक जना मृत र एक जना छटपटाई रहेको अबस्थामा फेला परेका छन् । वडा नम्बर १६ को राटामाटा सितल सामुदायिक वन क्षेत्रमा बिहीवार दिउँसो एक युवक मृत भेटिएका हुन भने उनि सँगै एक युवती छटपटाईरहेको अवस्थामा फेला परेका हुन् ।
वन हेर्न गएका सुनिल चौधरीले ति युवा युवती छटपटाईरहेको देखे पछि वडा सदस्यलाई खबर गरी प्रहरीलाई जानकारी गराएपछि उनिहरुको उद्धार गरिएको थियो । मृत अवस्थामा भेटिएका युवक रोल्पा सुनिल स्मृती गाउँपालिका ८ असरेका १८ बर्षीय राजेश घर्ती र छटपटाईरहेकी सोही ठाउँकी १७ बर्षीया गिता केसी रहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।
मृतक युवकको शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शबगृहमा राखिएको छ भने युवती केसीको प्रतिष्ठानमै उपचार भईरहेको छ । उनिहरुले बिषादी सेवन गरेको प्रहरीले अनुमान गरेको छ । घटना स्थलमा बिषादीको गन्ध आएको र बोतलको बिर्को समेत फेला परेको प्रहरीको भनाई छ । युवती बेहोस भएका कारण घटनाका बारेमा सबै खुल्न नसेकको र अनुसन्धान भईरहेको प्रबक्ता शाहले जानकारी दिए ।

Next Post

शैक्षिक सुधारका लागि खजुराको पहल

९ जेष्ठ २०७६, बिहीबार १९:०१
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले शैक्षिक सुधारका लागि विभिन्न विधि र प्रक्रिया अगाडि बढाएको छ । गत वर्षदेखि शैक्षिक सुधारका लागि ३२ बुँदे प्रतिवद्धता गरेर अगाडि बढेको खजुरा क्षेत्रभित्रका सामुदायिक, संस्थागत र मदरसा विद्यालयले समीक्षा गर्दै अगाडि बढेका छन् । खजुरा क्षेत्रभित्र रहेका सामुदायिक, संस्थागत र मदरसा विद्यालयका […]