२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

विज्ञान शिक्षक समाज नेपाल बाँकेमा यमनारायण



कोहलपुर (बाँके) : विज्ञान शिक्षक समाज नेपाल बाँकेको प्रथम जिल्ला भेलाले यम नारायण धितालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति सर्बसम्मत रूपमा चयन भएको छ ।

विज्ञान शिक्षक समाज नेपाल बाँकेका संयोजक धनबहादुर परियारको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश संयोजक तथा केन्द्रीय सदस्य यमनाथ पौडेल रहेको भेलाले उपाध्यक्षमा राजन कँडेल, सचिव बासु गिरी, सह–सचिव मोहन वस्नेत क्षेत्री, कोषाध्यक्ष रमेश अधिकारी, सदस्यहरु शुसिला केसी, कृष्ण कुमार शाही, राजु पौडेल, नवराज गैरे, सुजन रोकाय रहेका छन् ।

सो कार्यक्रममा शिक्षा तथा खेलकुद शाखा, कोहलपुर नगरपालिकाका शाखा अधिकृत रविलाल मिजार, दाङका संयोजक गिरिराज लम्साल र  बर्दिया संयोजक नारायण पराजुलीलगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २०८० माघ ६ गते शनिबार
ताजा समाचार