युवा सहभागिताका लागि कार्यशाला सम्पन्न

सदरलाइन संवाददाता १० माघ २०८०, बुधबार १५:१४
 

नेपालगञ्ज : बाँके युनेस्को क्लबद्धारा बर्दियाको मधुवनमा आयोजना गरिएको स्थानिय तहको युवा सहभागी निति योजना बारेको कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

प्लान इन्टरनेशनल नेपालको अर्थिक सहयोगमा बाँके यूनेस्को क्लबद्धारा सञ्चालन गरिएको सशक्त बालिका परियोजना अन्तर्गत सो कार्यशाला मधुवन नगरपालिकामा आयोजना गरिएको थियो ।

मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाट प्रमुख अतिथि रहनु भएको सो कार्यशालामा युवाको भूमिका, योजना प्रक्रियामा युवाको सहभागिताका साथै युवा नीतिका बारेमा छलफल समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण सहजकर्ता बसन्त विसीले गरेका थिए ।

सो कार्यशालामा युवाहरुको नागरिक अधिकार, मानव अधिकार सम्बन्धि अन्तरराष्ट्रिय कानुन, नेपालको कानुनि व्यवस्था, नीतिगत व्यवस्था बारे छलफल गरिएको बाँके युनेस्को क्लव वर्दियाका कार्यक्रम अधिकृत ईश्वर बिकले बताए ।

उनका अनुसार लामो समयदेखी बाँके यूनेस्को क्लवले वर्दियाका ८ वटै पालिकाहरुमा वालवालिका तथा यूवा वर्ग लक्षीत विभिन्न कार्यक्रम गर्दै आएको छ ।


वर्तमान अवस्थाम यूवा वर्गले छिटो विश्वास नगर्ने गरेको हुँदा अवका दिनमा आ आफ्नो कमी कमजोरी हटाउँदै युवालाई साथमा लिई अगाडी बढ्न जरुरी भएको कार्यक्रमको अध्यक्षता गरेकी मधुबन नगरपालिकाकी उप मेयर अनिता चौधरीले बताइन् ।

नीतिमा सुधार गरिनु पर्ने बताउँदै उप मेयर चौधरीले युवाहरुलाई आफ्नै देशमा रहने वातावरण मिलाउनका लागी ठोस नीति तथा कार्यक्रमहरु हुन जरुरी रहेको उल्लेख गरिन् ।

मधुवन नगरपालिका वडानं ७ का वडा अध्यक्ष राजेन्द्र हमालले यूवा क्लवको गठन व्यवस्थापन गर्न जरुरी भएको धारणा राखेका थिए । एक दिने कार्यशालामा पालिकाका मेयर उपमेयर, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, महिला तथा बालबालिका शाखा प्रमुख इन्द्र चुनारा, शिक्षा इकाइका सल्लाहकार विजय ओली र किशोरी क्लबका प्रतिनिधि लगायत २५ जना सरोकारवालाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा परियोजनाको उदेश्य र योजना बारे कार्यक्रम संयोजक गोविन्द लामिछानेले विस्तृत रुपमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘अस्फाल्ट पीचका लागि दुई सडक शिलान्यास’

१० माघ २०८०, बुधबार १५:१४
नेपालगञ्ज : नेपालगञ्जको फुटाहा सडक र पासाङ ल्हामु मार्ग अस्फाल्ट पीच हुने भएका छन् । नेपालगञ्ज १९ फुटाहादेखि एसके डेरी उद्योगसम्म ३७५ मिटर लामो र ६ मिटर चौडा बाटो तथा सुर्खेतरोडदेखि टाँगा स्टेशन जोड्ने ५५० मिटर लामो र ८ मिटर चौडा पासाङ ल्हामु मार्ग अस्फाल्ट पीच हुने भएका हुन् । […]

सम्बन्धित