सदरलाइनडटकम,
काठमाण्डौ : पाकिस्तानको कराची शहरको कमारी क्षेत्रमा रहस्मय ग्याँस लिक हुदाँ एक दर्जन बढीको मृत्यु भएको छ । सिन्ध प्रान्तको स्वास्थ्य विभागका अनुसार मर्नेको संख्या १४ पुगेको छ । अधिकारीहरु दुई दिनदेखि ग्याँस कुन हो र कहाँबाट लिक भयो पत्ता लगाउन जुटेका छन् ।
कैमारी इलाकाका मानिसहरुले सास फेर्न गार्हो, आँखा, घाँटी र नाकमा जलन तथा आँखाबाट आँसु आउने समस्या भएको बताएका छन् । आइतवार रातिबाट मानिसहरुलाई गार्हो भएपछि अस्पताल जान शुरु गरेका थिए ।
सिन्ध प्रान्तका नगरपालिका मन्त्री नासिर हुसैनका अनुसार अहिलेसम्म दुई सय ५० बढी प्रभावितको असपतालमा भर्ना गरिएको छ । जसमध्ये अधिकांशलाई उपचारपछि घर पठाइएको छ । मन्त्रीले घटनाबारे जाँच शुरु भएको बताएका छन् । (एजेन्सी)
