सदरलाइनडटकम
७ बैशाख, नेपालगन्ज : नेपाल पत्रकार महासंघको पाँच नं. प्रदेशका लागि प्रेस चौतारी नेपालले चौतारीका केन्द्रीय सचिव भरत केसीको नेतृत्वमा उम्मेदवार सिफारिस गरेको छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक सविन प्रियाशनको अध्यक्षतामा बुटवलमा बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।
सहमातिको आधारमा चैतारीको भागमा परेको उपाध्यक्षमा केसी, महासचिवमा प्रेस चौतारीका केन्द्रीय सदस्य समेत रहेका भेषराज बस्नेत, समावेशी सचिवमा सन्तोष दहित, खुला सदस्यमा नन्दराम पौडेल, शोभाकर पन्थी र सुजल श्रेष्ठ सिफारिसमा परेका छन् ।
मधेशी र महिला सदस्यको निर्णय हुन बाँकी रहेको भएपनि उम्मेदवारीको समयमा नै सिफारिस हुने बताईएको छ । शुक्रबार उम्मेदवारी दर्ता हुने निर्वाचन समितिले जनाएको छ ।
