कोरोनाबाट बाँकेमा दुई जनाको मृत्यु

सदरलाइन संवाददाता ४ असार २०७८, शुक्रबार १३:०५
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत दंगीशरण ४ दाङकी ६३ वर्षीया महिला र विरेन्द्रनगर ४ सुर्खेतकी ३८ वर्षीया महिलाको मृत्यु भएको हो ।


योसंगै कोरोनाबाट हालसम्म बाँकेका ३१० जना र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ४३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अपांगता भएका ब्यक्तिलाई सहयोग प्रदान

४ असार २०७८, शुक्रबार १३:०५
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले अपांगता भएका ब्यक्तिहरुलाई शुक्रबार सहायक सामग्री वितरण गरेको छ । उपमेयर उमा थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २ वटा ट्राई साईकल, २ वटा वाकर, ४ वटा ह्विल चेयर, एउटा बैशाखी र १२ वटा सेतो छडी सहयोग गरिएको हो । नेपालगञ्ज उप–महानगरपालिकाको सहयोगमा अपांग सशक्तिकरण तथा […]

सम्बन्धित