कोरोना संक्रमणका कारण २० वर्षिया किशोरीको मृत्यु

सदरलाइन संवाददाता ६ बैशाख २०७८, सोमबार १९:४८
 


नेपालगञ्ज  : कोरोना संक्रमणका कारण सोमबार नेपालगञ्जको भेरी अस्पतालमा उपचारत २० बर्षिया किशोरी अनिशा वलीको मृत्यु भएको छ । उनी पेशाले स्टाफ नर्स हुन ।

उनले बैशाख १ गते नेपालगञ्जको बागेश्वरी ल्याबमा पिसिआर जाँच गराई नतिजा पोजेटिभ आएलगत्तै अस्पताल भर्ना भएकी थिईन ।


भेरी अस्पतालका मेडिकल सुपरिटेन्ट डा. प्रकाश थापाका अनुसार दांग तुल्सीपुर वडा नम्बर ६ निवासी अनिताको कोरोना संक्रमणका कारण गम्भीर भई भेरी अस्पतालमा उपचार भइ रहेकोमा सोमबार विहान १० बजे मृत्यु भएकोे हो ।

दांगको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्टाफ नर्स अनिताको आमा पनि कोरोना संक्रमणबाट गम्भीर बिरामी भई अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट कोहलपुरका दुई जनाको मृत्यु

६ बैशाख २०७८, सोमबार १९:४८
नेपालगञ्ज : बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर नगरपालिका वडा नम्बर २ कै ७७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । ३५ वर्षीया महिलाको सोमबार दिउँसो […]