निजामति सेवा दिवसका अवसरमा ५४ जनाले गरे रक्तदान

सदरलाइन संवाददाता २२ भाद्र २०७८, मंगलवार १५:०१
 

नेपालगञ्ज : निजामती सेवा दिवस–२०७८ बाँकेमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । कर्मचारी मिलन केन्द्र बाँकेको आयोजनामा मंगलबार रक्तदान कार्याक्रमको आयोजना गरिएका थियो ।

कर्मचारी मिलनकेन्द्र बाँकेका अध्यक्ष तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख रामचन्द्र शर्माले मंगलबार जिल्ला प्रशाशन कार्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५४ जना राष्ट्रसेवक कर्मचारीले रक्तदान गरेको जानकारी दिए ।


सो रक्तदान कार्यक्रमको निमित्त प्रमुख जिल्ला अधिकारी शकरबहादुर विष्ट, कर्मचारी मिलन केन्द्रका अध्यक्ष शर्मा तथा जिल्लाका विभिन्न कार्यालयका कार्यालय प्रमुख, एवम राष्टसेवक कर्मचारीको सहभागिता रहेको थियो ।

निजामति सेवा दिवसकै अवसरमा अन्तरकर्मचरी व्याटमिन्टन प्रतियोगिता र बृक्षा रोपण कार्यक्रम आयोजना गरिएको जानकारी दिदै केन्द्रका सचिव कृष्णबहादुर पुनले अन्तरकर्मचारी व्याटमिन्टन प्रतियोगितामा नेपाल प्रहरीका रञ्जन भण्डारी र लक्ष्मण ऐरको टिम प्रथम, निजामति कर्मचारी मनोज लामिछाने र दशरथ बुढा द्वितिय, यसैगरि डा. कुमार सान शाह, प्रसिद्ध ढकाल र अर्जुन बुढामगर गेहेन्द्र केसीको टीम तृतिय भएको जानकारी दिए । सो प्रतियोगितामा ३७ टिमले भाग लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नासु भण्डारी भए बाँकेका उत्कृठ कर्मचारी

२२ भाद्र २०७८, मंगलवार १५:०१
नेपालगञ्ज : प्रत्येक वर्ष भाद्र २२ गते मनाईने निजामति सेवा दिवसमा जिल्ला प्रशासन कार्यालय बाँकेले सोही कार्यालयमा कार्यरत नासु टेकबहादुर भण्डारीलाई उत्कृष्ठ कर्मचारी घोषित गर्दै सम्मान गरेको छ । राष्ट्रिय स्तरमा सर्वाेत्कृष्ट र उत्कृष्ट कर्मचारी छनौट गरी पुरष्कृत गर्ने परिपाटीलाई पच्छ्याउदै बाँकेमा पनि भण्डारीलाई सम्मान गरिएको जनाईएको छ । निजामती […]