सदरलाइनडटकम,
कैलाली : कैलालीको जानकी गाउँपालिका ९ कटासेमा चट्याङ्ग लागेर १५ भेडा मरेका छन् । मंगलवार बिहान पानीसँगै परेको चट्याङ्ग लागेर रुख मुनि ओत लागेर बसेका १५ भेडा मरेको अमरावती प्रहरी चौकीले जनाएको छ ।
जानकी गाउँपालिकाको ९ बक्लौवा शिविरका विपतराम चौधरीले जंगलमा चराउन लगेका भेडा पानी परेपछि कटासे पुल नजिकै साजको रुखमा ओत लागेका थिए ।
