बाँकेको खजुरामा रनिङशिल्ड शुरु

सदरलाइन संवाददाता ७ माघ २०८०, आईतवार १७:१०
 

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकामा हजारौंको सहभागितामा आईतबारदेखि छैठो अन्तर विद्यालय मेयर रनिङशिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।

शुक्र भलिवल स्टेडियम सीतापुरमा माघ १० गतेसम्म प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको संघीय सांसद किशोरसिंह राठोरले उदघाटन गरे ।

उदघाटनमा प्रदेशसभा सदस्य रत्न खत्री र बादशाह कुर्मी, गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिक, उपाध्यक्ष मन्जु मल्ल लगायतले प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गरे । उदघाटनमा विभिन्न झाकी प्रस्तुत गरिएको थियो ।


प्रतियोगितामा मावि तहमा एथ्लेटिक्स, भलिवल र कपर्दी गरी ३० इभेन्टस र आधारभुत तहमा १० इभेन्टस र प्राथमिक तहमा ६ वटा एथ्लेटिक्स इभेन्टसको प्रतिष्पर्धा हुनेछ ।

खुला चेस प्रतियोगिता सहित ४६ इभेन्टसमा प्रतिष्पर्धा हुनेछ । मावि तहमा ८०० खेलाडी, आधारभुत तहमा ४०९ र प्रावि तहमा ४५२ खेलाडीको सहभागिता रहने भएको छ । प्रतियोगितामा ६९ विद्यालयका ५८२ छात्रा र ७२२ छात्र गरि एकहजार ३०४ जना विद्यार्थी सहभागि छन् ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यालयलाई क्रमश ३३ हजार, २० हजार र १४ हजार नगद पुरस्कार तथा भलिवल, कपर्दी र एथ्लेटिक्समा उत्कृष्ट छात्र छात्रालाई पाँच हजार १०० नगद पुरस्कार दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अयोध्यामा सोमवार प्राण प्रतिष्ठाका दिन बाँकेमा मदिरा निषेध

७ माघ २०८०, आईतवार १७:१०
नेपालगञ्ज : अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाका दिन बाँके जिल्लामा मदिरा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै माघ ८ गतेका लागि बाँके जिल्लालाई मदिरा निषेध गरेको जनाएको छ । प्रशासनले ८ गतेका दिन बाँके जिल्लामा सञ्चालन गर्ने भनिएको विभिन्न धार्मिक कार्यक्रमहरुलाई शान्त, सौम्य, मर्यादित र सदभावयुक्त […]