बाँकेका किासनको लागि सुचनादिने मोबाइल एप्स वितरण

३ कार्तिक २०७३, बुधबार १४:५०
 

सदरलाइनडटकम mobile-technology-in-agriculture1
३ कात्तिक, नेपालगन्ज: बाँकेका झण्डै एक दर्जन कृषक समूहलाई कृषि व्यवस्थापन सूचना प्रणाली सम्वन्धी सामग्री वितरण गरिएको छ । कृषि मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले तापक्रम मापनयन्त्र, बर्षा मापन यन्त्र, किसान सीम कार्ड र मोबाइल एप्स वितरण गरेका हुन ।
जिल्ला कृषि विकास कार्यालय बाँकेले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा पहिलो चरणमा जिल्लाका १० वटा कृषक समूहलाई सूचना प्रणालीसम्वन्धी सामग्री वितरण गरिएको हो ।
जिल्लाका कृषितर्फका ५ र पशु सेवाका ५ कृषक समूहलाई छनौट गरी सूचना प्रणाली सामग्री वितरण गरिएको हो । बागेश्वरी पञ्चज्योति कृषि सहकारी संस्था बागेश्वरी, प्रगति महिला बहुउद्देश्यीय सहकारी संस्था साइगाउँ, भुवरभवानी कृषि सहकारी संस्था बैजापुर, फलफूल बगैंचा कृषक समूह खासकुश्मा र प्रगति कृषक समूह बेलभारले ती सामग्री पाएका हुन् ।
त्यस्तै हरियाली घाँसबाली तथा बीउ उत्पादन स्रोत केन्द्र सीतापुर, रारा राधारानी घाँस तथा घाँसेबाली बीउ उत्पादन समिति चिसापानी, अन्नपूर्ण द्वन्दपीडित कृषक महिला समूह नौवस्ता, जनता दुध उत्पादक सहकारी संस्था बागेश्वरी र चुलीमालिका सहकारी संस्था कोहलपुरलाई सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै कृषि सचिव ठाकुरले वितरित सामग्रीहरुको उचित सदुपयोग गरी आफूमा आउन सक्ने जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले किसानले एप्सको फाईदा उठाउदै मौसममा आउने परिवर्तनका कारण हुने जोखिम न्यूनिकरण गर्न सहयोग पु¥याउने विश्वास ब्यक्त गरे ।
जलवायु प्रकोप समुस्थान निर्माण आयोजना तथा कृषि व्यवसाय सूचना प्रणालीले कृषि व्यवसायलाई प्रबद्र्धन गर्न कृषकलाई जलवायु परिवर्तन सम्वन्धमा जानकारी गराउने उद्देश्यले ती सामग्री वितरण गरिएको जनाएको छ । जिल्लामा छनौटमा परेका कृषकहरुलाई मात्र पहिलो चरणमा ती सामग्री वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय बाँकेका प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिए । उनले किसानलाई सामाग्री दिएर मात्र नहुने भन्दै प्रयोग गर्ने तरिका बारे जनाकारी गराउनको लागि तालिमको आवश्यकता रहेको औल्याए ।
उनले यस एप्सले कृषकहरुको जलवायु परिवर्तनसम्वन्धी सूचनामा पहुँच अभिबृद्धि गर्न यो कार्यक्रम ल्याइएको आयोजनाले जनाएको छ । यसले जोखिमबाट बचेर आयआर्जजन बृद्धिमा सहयोग गर्ने विश्वास ब्यक्त गरे । किसानहरुले सूचना प्रणाली सम्वन्धी सामग्री पाएकोमा खुशी हुदै कृषि सम्बन्धी नयाँ जानकारी पाउन आफुहरुलाई सजिलो हुने बताएका थिए ।
कार्यक्रममा जलवायु प्रकोप समुस्थान निर्माण आयोजना प्रमुख शिवनन्दन प्रसाद शाह, क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका क्षेत्रीय निर्देशक शिवकुमार चौधरी, कृषि पत्रकार समुह बाँकेका अध्यक्ष खगेन्द्र दाहाल, कृषक लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्कुटी र मोबाईल चोरीमा बालक समातिए

३ कार्तिक २०७३, बुधबार १४:५०
सदरलाइनडटकम ३ कात्तिक, नेपालगन्ज : ईलाका प्रहरी कार्यालय कोहलपुरले स्कुटी चोरी गरेको आरोपमा दुई जना बालक र मोवाईल चोरेको आरोपमा एकजना गरी ३ जनालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले दिएको चोरी गरेर लैजादै गरेको अवस्थामा स्कुटर सहित २ […]