सदरलाइनडटकम
१४ जेठ, काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपाल बीच सरकारमा सामेल हुने गरी दुई बुंदे सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब बीच करिब दुई घण्टा वार्ता भएपछि सहमती भएको हो ।
सहमति अनुसार संघीय समावादी फोरम,नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्धाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित बिषयहरु देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ ।
सरकारद्वारा गर्न सकिने कामहरु सरकारको नीति र कार्यक्रममा समावेश गरिनेछ । यसैगरी सहमतीको अर्को बुंदामा भनिएको छ, उपरोक्त सहमतिका आधारमा संघीय समाजवादी फोरम,नेपाल सरकारमा सामेल हुनेछ ।
