कोरोनाले बाँकेको नरैनापुर गाउँपालिकाको पूर्णसाक्षर घोषणा अभियान प्रभावित

रुद्र सुवेदी १५ भाद्र २०७८, मंगलवार १७:५०
 
         फाइल फोटो
                                                                                                                                                                 फाइल फोटो                                                     

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाँउपालिकाले पूर्ण साक्षर पालिका घोषणा गर्ने कार्यलाई कोरोना कहरले बाधा पुराएको जनाएको छ । गाउपालिकाका शिक्षा शाखा प्रमुख तथा शिक्षा अधिकृत कृष्णकुमार थारुले नरैनापुर गाउपालिकालाई पूर्ण साक्षर गाउपालिका घोषणा गर्ने लक्षित कार्यक्रमण कोरोना कहरले प्रभावित बनाएको बताए ।

उनले भने–‘२०७८ जेठ मसान्त भित्र पालिकालाई पूर्ण साक्षर पालिका घोषणा गर्ने तयारी गरेका थियौ तर, कोरोनाको दोस्रो भेरियन्टको प्रकोपले गर्दा पालिकालाई पूर्ण साक्षर बनाउन सकिएन ।’ उनले कोरोना कहरका कारण घोषित कार्यक्रम पूर्व निर्धारित समयमा सम्पन्न गर्न नसकिएको बताए । कोरोना कहरको पहिलो भेरियन्टमा देशभर ५ सय संक्रमित हुँदा नरैनापुरमा मात्र १ सय २७ संक्रमित थिए ।

नरैनापुर गाउपालिकाका ९ हजार ५ सय जना निरक्षर रहेको गाउपालिकाको तथ्याङ्कमा छ । नरैनापुरमा रहेका २१ वटा सामुदायिक विद्यालय, २६ वटा मदरसा र ३ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । यी मध्ये आधारभुत तह कक्षा ८ सम्म सञ्चालन भएका विद्यालय ४, माध्यमिक तह कक्षा १० सम्म सञ्चालन भएका ३ वटा, कक्षा १२ सम्म सञ्चालन भएको विद्यालय १ र ४२ वटा विद्यालय मदरसा प्रावि तहका सञ्चालनमा रहेका छन ।

उनले सुघम जिल्लाको अत्यन्तै दुर्घम र विकट गाउपालिकाको परिचय बनाएको नरैनापुरमा पूर्ण साक्षरता अभियान सञ्चालनको लागि आर्थिक वर्ष २०७८/०७९को नीति तथा कार्यक्रममा ‘खोजी खोजी बनाउछौ साक्षर’ अभियान सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए । उनले कोरोना कहरका कारण विद्यालयहरु पूर्णरुपले बन्द हुँदा पालिकाको विभिन्न २० स्थानमा फ्रि वाईफाई जोन स्थापना गरी अस्थाई सिकाई सहजिकरण बिधी अपनाउनदै कक्षा सञ्चालन गरिएको बताए ।


उनले यो अभियान सञ्चालनको लागि पालिकामा रहेका सबै विद्यालय तथा मदरसाका शिक्षक/शिक्षिका, पालिकामा रहेका साक्षर व्यक्ति जसले अरुलाई साक्षर बनाउन सक्छन उनीहरुलाई परिचालन गरी टोल–टोृलमा साक्षर कक्षा सञ्चालन गर्ने गरी कक्षा सञ्चालन गर्ने तयारी भएकै बेलामा कोरोना संक्रमणको कहरले अभियान प्रभावित भएको गुनासो गरे ।

नरैनापुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले आफु जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै पालिकामा शिक्षा, स्वास्थ्य, विद्युत र बाटोघाटोलाई प्राथामिकतामा राखेर काम अघि बढाएको दाबी गरे । उनले भने–‘ हामी निर्वाचित भएर आउँदा पालिकामा एकमिटर पनि गुणस्तरीय बाटो थिएन । विद्यालय, स्वास्थ्य संस्थाको कुरै छाडौ । तर, अहिले अवस्थामा निक्कै सुधार आएको छ ।’

पालिकाका अध्यक्ष शाहले सदियौदेखि पछाडि पारिएको नरैनापुरमा राज्यको सिमित स्रोत साधनको प्रयोगले सबै एकैपटक पुरा गर्न नसकिने स्पष्ट पार्दै सडक बाटो, विद्युत, तथा स्वास्थ्य चौकीमा दक्ष चिकीत्सक पुराउनुको साथै विकासको लागि महत्वपूर्ण कडीको रुपमा रहेको शिक्षाको क्षेत्र सञ्चालनको ‘मोडालिटी’ नै बदलेर मात्र संभाव हुने भएको भन्दै विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्ने र टिकाउने र निरक्षरलाई साक्षर बनाउने कामलाई तीब्र गतिमा अघि बढाईएको जानकारी दिए ।

‘दुई वर्ष अघिसम्म हामी सबै अभाव अभावमा संघर्ष गर्दै थियौ तर, पहिलो कोरोना कहरको कारण नरैनापुरमा विकासको मूल फुट्न सुरु भएको छ । आईसोलेशन बनाउनको लागि आवश्यक स्वास्थ्य संस्था पनि नभएपछि सर्वत्र चर्चामा रहेका नरैनापुरले विस्तारै विकासमा गति लिन सुरु गरेको छ । सबैको सहयोग र सद्भाव नरैनापुरलाई आवश्यक छ’– गाउपालिका अध्यक्ष शाहले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली पत्रकारिता तथा सञ्चार उद्योगमा कोभिडको असर विषयक राष्ट्रिय गोष्ठी सम्पन्न

१५ भाद्र २०७८, मंगलवार १७:५०
नेपालगञ्ज : नेपाल प्रेस इन्स्टिच्यूट काठमाण्डौंको आयोजनामा मंगलबार दूर प्रविधि मार्फत् कोभिड १९ले नेपाली पत्रकारिता तथा सञ्चार उद्योगमा पारेको असरबारे राष्ट्रियस्तरको गोष्ठी सम्पन्न भएको छ । दूर प्रविधि मार्फत् भएको सो गोष्ठीमा कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले—अन्तरक्रियामा उठेको सवाललाई नेपाल प्रेस इन्स्टिच्यूटको […]

सम्बन्धित