बाँकेमा टेलिकमका थप १० टावर राख्न माग

सदरलाइन संवाददाता २९ माघ २०७९, आईतवार १३:२३
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकामा नेपाल टेलिकमका थप १० वटा टावर राख्नका माग गरिएको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयले यसअघि टेन्डर आह्वान गरेको १५० ओटा टेलिकमको टावरमध्ये १० ओटा टावर राप्ती सोनारी र नरैनापुरमा जडान गर्न माग गरिएको छ । हाल नेपाल टेलिकमको टावर राप्ती सोनारीमा ८ वटा र नरैनापुरमा ३ वटा छन् ।

तर पनि धेरैजसो गाउँबस्तीमा टेलिकमको टावर नटिप्ने समस्या भएपछि लुम्बिनी प्रदेशकी सांसद कृष्ण केसीसहितको टोलीले थप टेलिकमको टावर राख्न नेपाल टेलिकमसँग माग गरेको हो । त्यसका लागि नेपाल टेलिकमको प्रदेश कार्यालय र केन्द्रीय कार्यालय दुवै स्थानमा छलफल गरिसकेको बताएको छ ।

विशेष गरी कोहलपुर नगरपालिकाको चप्पलगौडीदेखि दाङको सीमाना शिव खोलासम्मको करीब ४२ किलोमिटर दूरीमा टेलिफोन टावरको समस्या छ । उक्त क्षेत्रलाई समेटनेगरी टावरको माग गरिएको सांसद केसीले बताइन् । साथै हाल राप्ती सोनारी र नरैनापुरमा रहेको टेलिकम टावरको रेन्च कम भएको बताउँदै उनले ती टावरहरूको स्तरोन्नति गरी रेञ्च बढाउन पनि माग गरिएको बताइन् ।


केसीसहितको टोलीले बिहीवार नेपाल टेलिकम लुम्बिनी प्रादेशिक कार्यालय भैरहवामा पुगेर टावरहरूको स्तरोन्नति र नयाँ टावरहरू राख्नेबारे छलफल गरेका छन् ।

उनीहरूले निमित्त कार्यालय प्रमुख शिव खनालसहित अन्य शाखामा टावर राख्ने बारेमा छलफल गरेका हुन् । यसअघि पनि केसीसहितको टोली नेपाल टेलिकम केन्द्रीय कार्यालय काठमाडौंमा टावरको माग गर्न पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङस्थित टरिगाउँ विमानस्थलको डीपीआर तयार

२९ माघ २०७९, आईतवार १३:२३
दाङ : तुलसीपुर उपमहानगरपालिका वडा नं १२ मा रहेको टरिगाउँ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । डीपीआरअनुसार विभिन्न चार विकल्प दिइएको छ । अहिले रहेको धावनमार्गबाट सिधै लैजाँदा एक हजार पाँच सय मिटरमात्रै धावनमार्ग हुनसक्ने भएकाले उत्तरतर्फ तन्काएर एक हजार सात सय मिटर बनाउन सकिने, स्थानीयवासीको जग्गा […]