स्वास्थ्य सुरक्षा नअपनाउने नेपालगञ्जका दुई पसल परे कारवाहीमा

२ भाद्र २०७७, मंगलवार १६:५५
 

नेपालगञ्ज  : स्वास्थ्य सुरक्षा नअपनाउने नेपालगञ्जका दुई पसल कारवाहीमा परेका छन् । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि जिल्लामा जारी गरिएको निषेधाज्ञा हटाईए लगत्तै सञ्चालनमा आएको बजारको अनुगमन सुरु गरिएको छ ।

अनुगमानमा मास्कको प्रयोग भए नभएको, सेनिटाईजर राखे नराखेको तथा सामाजिक दुरीको कायम गरे नगरेको बारेमा अनुगमन गरी नराखेको पाईएमा कारवाही गर्न सुरु गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकार तथा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक रामबहादुर कुरुम्बाङ्गले बाँकेमा कोरोना संक्रमणको दर अप्रत्याशित बृद्धि भएपछि लकडाउनको विकल्प खोज्दै बजार तथा अत्यावश्यक क्षेत्रमा स्वास्थ्य सुरक्षाको बिधि अपनाएर सञ्चालनमा ल्याईए नल्याईएको बारेमा अनुगमन गर्न थालिएको बताए ।

मंगलबार आफै नेपालगन्जको सदरलाइनमा छड्के निस्कदा दुईबटा गहना पसलमा स्वास्थ्य सुरक्षाको बिधि नअपनाई सञ्चालनमा ल्याएको भेटेपछि ती पसललाई बन्द गरी जरिवाना गरिएको जानकारी दिए ।


मंगलबार दिउसो सवा १२ बजे छड्केमा पुग्दा सदरलाइनमा सञ्चालनमा रहेका न्यू अन्नपूर्ण ज्वैर्लस र मेहक ज्वैर्लसले स्वास्थ्य सुरक्षा विधि नअपनाएको भेटेपछि पशल बन्द गराई जरिवाना गराईएको हो । दुबै पसलका सञ्चालक मास्क नलगाई बसेको तथा पसलमा अत्यन्तै भिड रहेको पाईएपछि कारवाही गरिएको हो ।

बाँकेमा भिडभाड कम गर्नको लागि सवारीको जोर विजोर प्रणाली लागु भएको छ । अत्याधिक भिडभाड हुने स्थानहरु बैंक, तथा बजारमा मास्क, सेनिटाईजर जस्ता सुरक्षा सामाग्री अनिबार्य प्रयोगमा ल्याउन स्थानीय प्रशासनले अनुरोध गर्दै आएको छ ।

 

Next Post

राष्ट्रकवी घिमिरेको १०१ वर्षको उमेरमा निधन

२ भाद्र २०७७, मंगलवार १६:५५
काठमाण्डौं  :  राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । आज साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिवारिक श्रोेतले जनाएको छ । उनको स्वासपश्वासमा समस्या देखिएपछि विगत ४ महिनादेखि अक्सिजन दिएर घरमै उपचार गरिदै आएको थियो । केहि समय अस्पतालको उपचारपछि अहिले उनकै इच्छा अनुसार घरमै […]

सम्बन्धित