

उखेलिएको जोवनको रौनकमा
निला, खिल भित्र डामिएको तन,
खुनका डोपहरुमा
रङ्गिएर र,
चिरिएका कुर्कुचा,
बुर्कुसी मार्दा ,आघात बनेर
रस्तामा रेखा कोरेर
एउटा कथा बनिरहेछ ।
शुन्य आकासको
जाजल्यमान तारा भन्नेको
एक्लो भिडमा रमाउने
कहाँ हराए,
तन भरी तेते घसेर
शब्दका वाणहरु पोख्ने
एक भारी सपनाको
कालो रस्तामा
उनको रेखा
झुन्ड, झुन्डमा कोरेर
अघोरी रुपमा मौलाउदा ।
विपनीको कथामा
कतै,
गिट्टी कुट्ने दिदी देखाउछ ।
उनी त, मार्गको मानङ्ककमा
गुडीया बनेर,
लुटपाटको दम्भ रेखा तान्छ,
एक अतुल
भविश्य रुपी सन्धीमा
एक रस्ता तान्छ ।
पोखीरहेको भारो जीवन
सम्झेर ,आमाको थुनमा,
बिगौती चुसेको शिसु झै बनेर,
उजाड कालो रस्तामा सिमीत रहन्छ ।
पखेटा रुपी चराको आभाष देखाउदै,
बजारीन्छ, रुखको डालीमा,
हसाउछ, नचाउछ,
हेर्ने, ति दृश्टी नेत्रहरुलाई ।
जब, रस्ता छोड्दै जान्छ ,
चटकी रुपमा
एक आयमी
नौलो जोवनको
रस्ता भित्र काउछो भेर्छ ।।