अयोध्यामा सोमवार प्राण प्रतिष्ठाका दिन बाँकेमा मदिरा निषेध

सदरलाइन संवाददाता ७ माघ २०८०, आईतवार १७:१७
 

नेपालगञ्ज : अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाका दिन बाँके जिल्लामा मदिरा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै माघ ८ गतेका लागि बाँके जिल्लालाई मदिरा निषेध गरेको जनाएको छ ।

प्रशासनले ८ गतेका दिन बाँके जिल्लामा सञ्चालन गर्ने भनिएको विभिन्न धार्मिक कार्यक्रमहरुलाई शान्त, सौम्य, मर्यादित र सदभावयुक्त वातावरणमा सम्पन्न गर्न सघाउ पुर्याउने उद्देश्यले मदिरा निषेध गरिएको जनाएको छ । सोमबार बाँके जिल्लामा बिहान ७ः०० बजेदेखि बेलुकी १०ः०० बजेसम्म मदिराको ओसार पोसार, बिक्री बितरण र उपभोगमा रोक लागाईएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।


प्रमुख जिल्ला अधिकारी पोखरेलले त्यस अघि बाँकेका क्रियाशील बिभिन्न धार्मिक गुरुहरुको बैठक बोलाई ८ गते गरिने धार्मिक कार्यक्रममा कुनै धर्म र सम्प्रदाय विशेषलाई आँच आउने र अपमान हुने तथा भावनामा ठेस पुग्नेगरि नारा जुलुस नगर्न सहमत गराएका थिए । प्राण प्रतिष्ठाका दिन बाँकेमा बिभिन्न कार्यक्रमहरु सहित रामको प्राण प्रतिष्ठा उत्सव मनाउने कार्यक्रम राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालबिबाहबिरुद्ध सचेतना फैलाउन किशोरीहरु आफै सक्रिय

७ माघ २०८०, आईतवार १७:१७
नेपालगञ्ज : बर्दिया जिल्लाका किशोरीहरु बालबिबाह बिरुद्दको सचेतना फैलाउनकालागि घर दैलो तथा र्याली कार्यक्रम सञ्चालनमा आफै सक्रिय हुन थालेका छन । गुलरिया नगरपालिका वडा नम्बर १२ को भैसाही गाउँमा बालबिबाह रोकथाम, छोरा छोरी बराबरी, छोरीलाई विवाह होईन शिक्षाको जरुरी सम्बन्धि नारा लेखिएका प्लेकाड सहित किशोरीहरु घरघरमा पुगेका छन् । घरदैलो […]